आठौं राष्ट्रिय परिवार याेजना दिवस मंगलसेनमा मनाईयो

Kirci Gyan Kendra

अछाम २ असोज ।

Samajik New Add 2082

आठौं राष्ट्रिय परिवार याेजना दिवस २०७८ मंगलसेन नगरपालिकामा मनाइएको छ । “काेभिड १९ काे महामारी, परिवार याेजना सेवामा सबैको पहुँच बराबरि” भन्ने मुल नारा सहित औपचारीक कार्यक्रम सहित दिवस मनाईएको हो ।

कार्यक्रममा परिवार नियोजनका साधनको प्रयोग, यसको प्रयोगबारे मंगलसेन नगरपालिकाको वर्तमान अवस्था लगायतका बिषयमा छलफल गरिएको थियो । नगर उपप्रमुख सरिता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उपप्रमुख टाेप बहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि रावलले परिवार नियोजनका साधनका बारेमा सबैलाई थाहा भएपनि अझै प्रयोग दर बृद्धि हुन नसकेकाले सबैले प्रयोग दर बढाउन भुमिका खेल्नु पर्ने बताउनु भयो ।

Saud Agro Kailash
कार्यक्रममा मन्तव्य राख्नुहुदै मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय

कार्यक्रमको अवसरमा मंगलसेन नगरपालिकामा प्रत्येक १०० दम्पतिमा ३२ जनाले परिवार नियाेजनका साधन प्रयाेग गर्ने गरेकाे तथ्यंक नगरपालिकाका स्वास्थ्य संयोजक मानबहादुर सोडारीले सार्वजनिक गर्नुभएको थियो । जस अन्तरगत प्रति १०० जनामा २३ जनाले कण्डम प्रयाेग गर्ने गरेका, नगरपालिका भरिमा जम्मा २९० जनाले पिल्स, ६७२ जनाले डिपाे, ८५ जनाले आयुसिडि र ईम्प्लान्ट १ हजार २९ जनाले प्रयाेग गरिरहेकाे सोडारीले जानकारी दिनु भयो । गत वर्षकाे तुलनामा परिवार नियाेजन साधनकाे प्रयाेगकर्ता बढ्दै गएको पाईएको छ । कार्यक्रममा वडा नम्वर ३ का अध्यक्ष पदम सिंह भाट, कार्यपालिका सदस्य पारु नगार्जि, जिल्ला अस्पताल अछामका नर्सिङ ईञ्चार्ज गंगा बुढामगर, युएनएफपिए अछामका प्रमुख भरत गाेतामे, पत्रकार, महिला स्वास्थ्य स्वंयम सेविकाकाे सहभागीता रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्नुहुदै मंगलसेन ३ का वडा अध्यक्ष पदमसिंह भाट

मंगलसेन नगरपालिकाकाे आयाेजना तथा युएनएफपिए अछाम र फाया नेपाल धनगढीकाे सहयाेगमा भएको उक्त  कार्यक्रमको संन्चालन नगरपालिकाका स्वास्थ्य उपसंयाेजक ज्ञानु माझिले गर्नुभएको थियाे ।

मंगलसेन नगरपालिकामा परिवार नियोजनका साधन प्रयोग दरबारे जानकारी गराँउदै स्वास्थ्य संयोजक मानबहादुर सोडारी ।
Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.