एमाले अछामद्धारा १४ जनालाई पार्टीबाट निष्कासन

शिवराज ढुंगाना : पार्टी हित विपरित कार्य गरेको भन्दै नेकपा (एमाले) अछामले १४ जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । पार्टीको जिम्मेवारी खोसिएर निष्कासित हुनेमा साँफेबगर नगरपालिका–६ मा वडा अध्यक्ष पदमा उम्मेद्वारी दिने मिन बहादुर बोहरा, सदस्यका उम्मेद्वार खडकराज मुडभरी, धर्म दुवाल, सावित्री कडारा, अप्सरा स्वारलाई पार्टीको साधारण सदस्य नरहने गरेर पार्टीबाट निष्कासन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्तै सोही नगरपालिका–१ को वडा सदस्यमा उम्मेद्वारी दिने पूर्ण कुमार शाह र मय नेपालीलाई निष्कासन गरिएको एमाले अछामका सचिव भीम बहादुर रावलद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Samajik New Add 2082

निष्कासित हुनेमा एमाले जिल्ला सदस्य दीपक कुँवर, हर्क विरही विक, जिल्ला सल्लाहकार सदस्य बल बहादुर रावल, बद्री प्रसाद धमाला, मंगलसेन नगरकमिटी सदस्य भक्त विक, कमलबजार नगरपालिका–५ का पार्टी अध्यक्ष केशव तिमिल्सेना, साँफेबगर नगरपालिका–९ का अध्यक्ष ध्रुव थापालाई निष्कासन गरिएको प्रेस विज्ञप्तिमा छ । उनीहरुले पार्टी र जनसंगठमा रहेर विपक्ष दलको उम्मेद्वार भएका र पार्टी हित विपरित काम गरेको भन्दै पार्टी र जनवर्गीय संगठनका सबै जिम्मेवारी खोसेर पार्टीको साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरिएको हो ।

सम्झाइ बुझाइ गर्दापनि पार्टीका आधिकारीक उम्मेदवारलाई हराउने दुरासय राखेको र पार्टी अनुशासन विरुद्धमा भएकोले कार्वाही गरिएको सचिव रावलले बताउनुभयो । पार्टीका उम्मेद्वारका विरुद्धका उम्मेद्वार र विपक्षीमा लाग्नेका कुप्रचार र भ्रममा नलाग्न मतदातालाई एमाले अछामले अनुरोध गरेको छ ।
हेर्नुहोस परा बिज्ञप्ती :

Leave A Reply

Your email address will not be published.