तुर्माखाँद गाउँपालिका अध्यक्ष शर्माद्वारा काँग्रेस महाँदिवेशनमा क्षेत्रीय सभापतिमा उम्मेद्वारी घोषणा

भन्छन् - "मेरो राजनितिक यात्रा जहाँनिर रोकिएको छ, त्यहींबाट फेरी सुरुवात गर्न लागेको हुँ,

Kirci Gyan Kendra

अछाम २ असोज ।

Samajik New Add 2082

नेपाली काँग्रेस अछामका युवा नेता तथा तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले अछाम क्षेत्र नम्बर २ को क्षेत्रिय सभापति पदका लागी आफ्नो उम्मेद्धारी घोषणा गर्नु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैनमा पत्रकार सम्मेलन गर्दै शर्माले काँग्रेसको १४ औँ महाधिबेशनमा क्षेत्रिय सभापतिका लागी आफ्नो उम्मेद्धारी रहको घोषणा गर्नु भएको हो ।

पत्रकार सम्मेलनमा आफ्नो उम्मेद्वारी घोषणा गर्दै शर्माले नेपाली काँग्रेसलाई बिधि र बिधान संगै अगाडी बढाउँदै सुदृढ र सक्षम काँग्रेस बनाउन आफ्नो उम्मेद्धारी रहेको बताउनु भयो । १२ औँ र १३ औँ महाधिबेशनमा क्षेत्रिय सभापतिमा  पदमा पराजित हुँदै आएका शर्माले १४ औँ  महाँदिवेशनमा पनि आफ्नो उम्मेद्धारी घोषणा गर्नुभएको हो । सोहि पदमा पुन १० बर्ष पछी फर्कीन चाहेकोले सबैको साथ सहयोगमा सभापतीमा निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो ।

Saud Agro Kailash

बिद्यार्थि जीवनकाल देखि नै काँग्रेसको राजनितिमा सक्रिय रहेका शर्माले २०७४ सालको स्थानिय तहको निर्बाचनमा तुर्माखाँद गाउँपालिकाको अध्यक्ष पदमा बिजयी हाँसिल गर्नुभएको थियो । पछिल्लो समय नेपाली काँग्रेस बिधि र बिधान बिपरीत जाँदै गरेको प्रति संकेत गर्दै उहाँले पार्टिमा गुटबन्दी हुन नदिने गरी काँग्रेसलाई अघि बढाउने र ग्रामीण स्तरबाटै काँग्रेसलाई माथि उठाउने आफ्नो योजना रहेको उल्लेख गर्नुभयो ।

२ पटक असफल भएको क्षेत्रीय सभापतिमा फेरिपनी उम्मेद्वारी किन ? भन्ने पत्रकारको जिज्ञासाको जवाफमा नेता शर्माले आफ्नो कुनै महत्वकाँक्षा नरहेको बरु रोकिएको राजनीतिलाई पुनः सुरु गर्न खोजेको बताउनुभयो । शर्माले भन्नुभयो “मेरो राजनितिक यात्रा जहाँनिर रोकिएको छ, त्यहींबाट फेरी सुरुवात गर्न लागेको हुँ, यसपालि सफल हुन्छ भन्नेमा पूर्ण आशावादी छुं ।”

अव यूवाहरु नेतृत्वमा आउनुपर्ने कार्यकर्ताको माग अनुसार नै यसपटक पनि आफुले उम्मेद्धारी घोषणा गरेको शर्माले बताउनुभयो । आफु सभापति पदमा बिजयि भएको खण्डमा यूवाहरुकै चाहाना बमोजिम काम गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

नेता शर्मा यसअघि पनि काँग्रेसको १२ औं महाँदिवेशनमा क्षेत्रीय सभापति पदमा ३ मतले उपबिजेता बन्नुभएको थियो भने १३ औं महाँदिवेशनमा पनि सोही पदमा मत बराबर हुँदा गोलापर्थाबाट उपबिजेता बन्नुभएको थियो ।

उम्मेद्वारी घोषणापछी पत्रकारहरुसंग सामुहिक तस्विर लिदै नेता शर्मा ।
Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.