श्रीलंकामा भिडन्त हुँदा सांसदसहित ५ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

Purnima Mobile
Kirci Gyan Kendra

श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित ५ जनाको ज्यान गएको छ।

Samajik New Add 2082

समाचार संस्था एएफपीका अनुसार घटनामा परी कम्तीमा १५० जना घाइते भएका छन्।

Mellekh RM1

सत्तारूढ दलका सांसद अमरकीर्थी अथुकोरालाले एउटा कारलाई रोक्ने क्रममा सोमबार गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका थिए घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सांसद्ले ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको,’ एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा जानकारी दिएका छन्।

त्यसपछि प्रहरी, सरकार समर्थक र विरोधीबीच भइरहेको लगातारको झडपमा परी थप ३ जनाको ज्यान गएको छ।

Saud Agro Kailash

कोलम्बोमा भएको झडपका घाइतेको उपचार भइरहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताइन्।

यसैबीच श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षले सरकार विरोधी प्रदर्शन तिब्र भइरहँदा राजीनामा दिएका छन्।

राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई राजीनामा पत्र बुझाउँदै ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्।

त्यस्तो नयाँ सरकारले गहिरिँदो आर्थिक सङ्कटबाट बाहिरिन देशलाई निर्देश गर्न सक्ने पनि उनले पत्रमा उल्लेख गरेका छन्।

सरकार विरोधी प्रदर्शनकारी तथा राजपक्ष दाजुभाइका समर्थकबिच हिंसात्मक झडपहरू भएपछि कर्फ्यु लगाइए लगत्तै उनले राजीनामा दिएका हुन्।

प्रधानमन्त्रीको राजीनामा पछि पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन। आगजनी र तोडफोडमा उत्रिएका सर्वसाधारणले प्रधानमन्त्री राजपाक्षेको पुर्खौली घरमा आगो लगाइदिएका छन्।

-setopati

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.