लोकतन्त्रमा कसैको धाकधम्की नचल्ने भीम रावलको टिप्पणि

Purnima Mobile
Kirci Gyan Kendra

नेकपा एमालेका नेता डाक्टर भीम रावलले देशमा राणा शासन अन्त्य भएको भन्दै लोकतन्त्रमा कसैको धाकधम्की नचल्ने बताएका छन् । साफेबगरमा भएको चुनावि सभालाई सम्बोधन गर्दै नेता रावलले प्रधानमन्त्री पत्नी आरजु राणाले मतदातालाई धम्काएको भन्दै लोकतन्त्रमा कसैको धाकधम्की नचल्ने बताएका हुन् ।

Samajik New Add 2082
Saud Agro Kailash

केही दिन अघि आरजुले डडेल्धुराको चुनावी सभा सम्बोधनका क्रममा दिएका अभिव्यक्तिलाई नेता रावलले जनताको करबाट उठेको पैसा आफ्नै घरबाट दीएको जस्तै गरी नधम्काउन आग्रह गरे ।
उनले भने, “प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु राणाज्यु तम्रो थर राणा भयापन, राणा शासन ढलिसक्यो तमि दिल्ली जाओ ।’

Mellekh RM1

रावलले राणा शासनमा जनताले पाएको दुःख स्मरण गर्दै प्रश्न गरे, “हामीले ७० बर्षअघि ढालेको राणा शासन आरजु राणा देउवालाई अझै पनि छँदैछ भन्ने सोच्नु भाएको छ कि क्या हो ? यो बजेट नेपाली जनताको राजस्व हो, कर नेपाली जनताको नाममा आएको रकम हो कसैले रोकेर रोक्छु भन्छ भने त्यो ठग हो ।” ठगी धन्दा लोकतन्त्रकमा नचल्ने उनले बताए ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.