मेल्लेख गाउँपालिकाले गर्यो ४ वर्षका उपलब्धी सार्वजनिक

Kirci Gyan Kendra

कमल रावल, असोज २ अछाम ।

Samajik New Add 2082

जिल्लाको मेल्लेख गाउँपालिकाले ४ बर्ष अवधिमा गरेका उपलब्धिहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । जनप्रतिनिधि आईसकेपछी जनताको माझमा चुनावताका प्रतिबद्धता अनुसार ४ वर्षमा हाँसिल उपलब्धिहरुको फेहरिस्त सार्वजनिक गरिएको हो ।

४ बर्षको अवधिमा शिक्षा, स्वास्थ्य, विद्युतिकरण, भौतिक पुर्वाधार निर्माण, ग्राम उद्योग स्थापना लगाएतका उल्लेख्य काम भएका गाउपालिकाका अध्यक्ष लोक बहादुर बोहराले बताउनु भयो । प्राथमिकतामा राखेको गाउपालिकाको प्रशासनिक भवन, वडा कार्यालयका भवन सम्पन्न सहीत स्वास्थ्यका संरचना धमाधम निर्माण भईरहेका बताउनु भयो । सुदुरपश्चिमको पहाडी जिल्लामै पहिलो पटक स्थापना भएको ग्राम उद्योग, १५ शैयाको अस्पताल निर्माण सम्पन्न भइ सञ्चालनमा आएको अध्यक्ष बोहराले बताउनु भयो ।

Saud Agro Kailash

लालपुर्जा बिहिन नागरिकलाई लालपुर्जा वितरण, साफेबर देखी आफ्नै गाउपालिकासम्म बस सेवा संञ्चालन गरेको अध्यक्ष बोहराले बताउनुभयो । अझै पनी बाकी कार्यकालको ६ महीना समेत गाउपालिकाको बिकासमा खर्चिने बताउनु भयो । ६ महिनाको अवधिमा समेत थुप्रै काम गर्न सकिने भएकाले सबैले साथ सहयोग गर्नुपर्ने बताउनु भयो । गाउपालिकाको हरेक उपलब्धिमा जनता समेत हकदार भएकाले अझै दिगो प्रगतिमा सबैले साथ आवश्यक रहेको अध्यक्ष बोहराको भनाई छ।

पत्रकार सम्मेलनमा गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाहीले न्यायिक समिति मार्फत भए गरेका कामकार्यको विवरण र विकास निर्माणको क्षेत्रमा गरिएको अनुगमनको उपलब्धी बारे जानकारी गराउनु भएको थियो । न्यायिक समितिमा न्याय माग्नका लागि कोहि नआउने भएकोले सबै वडाअध्यक्षलाई भुमिका खेल्न आग्रह समेत गर्नुभयो ।

वडा नम्बर ६ का अध्यक्ष तथा समाजिक बिकास समितीका संयोजक नरपती रावलले पहिलो बर्ष खानेपानी तथा शिक्षालाई प्राथमिकता दिएको बताउनु भयो । शिक्षा क्षेत्रका अभावलाई पुर्ति गर्दै गाउपालिका अघि बढेकाले अझै हरेक क्षेत्रका समस्या समाधान गर्दै जाने उहाँको भनाई थियो । गाउपालिकाको समग्र विकासका लागि स्थानीयवासी संगै राजनीतिक दल, समाजसेवी सरोकारवाला साथ आवश्यक रहेको उहाँले बताउनुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.