नेकपा एकिकृत समाजबादिको मंगलसेनमा नगर कमिटी गठन

अछाम ३ असोज ।

Everest Incitute

नेकपा एकिकृत समाजबादी पार्टीको मंगलसेन नगरपालिकामा कमिटी गठन गरिएको छ । पार्टीको मंगलसेनमा भएको एक भेलाले पूर्णबहादुर रानाको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी बिस्तार गरेको हो ।

कमिटीको उपाध्यक्षमा पूर्ण रावल, सचिवमा खगेन्द्र सोडारी, सह-सचिवमा खगेन्द्र शाही लगायत अन्य पदाधिकारी रहनुभएको छ । सो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता नमराज न्यौपाने र नयन सोडारिको विशेष उपस्थिती रहेको थियो। पार्टीलाई संगठनात्मक स्वरुप दिइ चलायमान बनाउनका लागि कमिटीलाई परिचालन गरिने नेकपा एकिकृत समाजबादीका नेता न्यौपानेले जानकारी दिनुभयो ।

मंगलसेनमा यसअघि पूर्ण रानाकै नेतृत्वमा साविक एमालेको माधव नेपाल समूहको समानान्तर कमिटी रहेको सो कमिटी एकिकृत समाजबादीमा रुपान्तरण भएको र अन्य पालिकाहरुमा पनि संगठन निर्माणलाई गतिशील बनाईने उहाको भनाई छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.