लाइसेन्स परीक्षा मंसिरमा, आवेदन दिन पाउने व्यवस्था नयाँ !

Purnima Mobile
Kirci Gyan Kendra

काठमाडौ ।

Samajik New Add 2082

शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा) मंसिरमा हुने भएको छ। आयोगले लाइसेन्स परीक्षाका लागि तयारी तीव्र गरेको छ ।

Mellekh RM1

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले विषयगत र वस्तुगत प्रश्न तयार गर्नुपर्ने भएकाले लाइसेन्स परीक्षाका लागि समय लाग्ने हुँदा मंसिरअघि लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना नरहेको बताए।

आयोगको कार्यतालिकाको आधारमा रोकिएका काम अगाडि बढ्ने उनको भनाइ छ। आयोगले शिक्षक बढुवा, खुलातर्फको विज्ञापन गर्न नियमावलीमा संशोधन गरेपछि लाइसेन्स परीक्षा सञ्चालन गर्ने भएको छ।

यस्तै, आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को परीक्षा सकेर मात्रै नयाँ कर्मचारी भर्ना गर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री कार्यालयबाटै यस्तो दबाब आएपछि आयोगले लाइसेन्स परीक्षा नै पहिले लिने सम्भावना बढेको हो ।

Saud Agro Kailash

लामो समय पदाधिकारी विहीन भएपछि कार्यतालिका बिग्रिएर कार्यतालिका निर्माणको अन्तिम चरणमा पुगेको आयोगलाई प्रधानमन्त्री कार्यलयबाटै लाइसेन्स परीक्षापछि मात्र विज्ञापन गर्न दबाब आएको हो ।

मन्त्रालयका उच्च पदाधिकारीको प्रयोग गरेर प्रधानमन्त्रीबाट सिधै कार्यतालिकामा नै लाइसेन्सपछि मात्र खुला विज्ञापनको कार्यतालिका सार्वजनिक गर्न दबाब आएको स्रोतले जनाएको छ ।

‘हामीलाई लोक सेवाको जस्तै काम गर्न जनस्तरबाट दबाब आए पनि जहिल्यै राजनैतिक हस्तक्षेपको सिकार भएर मात्र काम गर्नुपर्छ ।

ती पदाधिकारीले दाबी गर्दै भने, ‘प्रधानमन्त्रीले शिक्षा सचिवलाई प्रयोग गरेर नै कार्यतालिका परिमार्जन गर्न बाध्य बनाए ।

यसअघि शिक्षाशास्त्र विषय मात्र पढेका विद्यार्थीलाई लाइसेन्सको परीक्षामा सहभागी गराउँदै आएको आयोगलाई १८ वर्ष उमेर पुगेका स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र शिक्षक सेवा नियमावली अनुसार अयोग्य नभएका जो कोहीले लाइसेन्स परीक्षामा आवेदन दिन सक्ने गरी लाईसेन्सको विज्ञापन गर्न दबाब दिइएको उनले दाबी गरे ।

 

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.