अछाममा सुपथ मूल्य पसल संचालन, साविकभन्दा सस्तोमा खाद्यान्न पाईने

गहुँ र चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट

चक्र प्रशाद जैसी, अछाम ३ असोज ।

Samajik New Add 2082

खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड अछाम शाखाले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै अछाममा शुक्रबारदेखी सुपथ मूल्य पसल सञ्चालनमा आएको हो ।

सरकारले चार्डबाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएसंगै अछाममा पनी खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज १ गतेदेखी सुपथ मुल्य पसल संचालन गरेको जनाएको छ। खाद्य व्याबस्था तथा व्यापार कम्पनी लिमिटेड अछाम शाखाका निमीत्त प्रमुख हिरामणी जोशीले चाडपर्व नजिकीयसंगै सर्वसाधारणलाई राहात स्वरुप सहुलियत मुल्यको पसल संचालन गरेको बताउनु भएको छ ।

सहुलियत मुल्य अन्तर्गत गहुँ, अरुवा मोटा चामल र जिरा स्टिम चामल पाइने छ । जस्मा चामल र गहुँमा पहिलेको मुल्यमा प्रती किलो ५ रुपैयाँका दरले छुट गरिएको उहाँले जानकारी दिनु भएको छ । पहिले गहुंको प्रती किलो ३९ रुपैयाँमा विक्री भइरहेका थियो भने अहिले ३४ रुपैयाँमा विक्री भइरहेको छ । त्यस्तै अरुवा मोटा चामलको पहिले प्रती किलो ४५ रुपयाँमा बिक्री भइरहेका थियो भने अहिले ४० रुपैया र जिरा स्टिम चामलको पहिले प्रती किलो ६६ रुपैयाँमा विक्री भइरहेका थियो भने अहिले ६१ रुपैयाँमा बिक्री भइरहेको छ ।

हुलियत मुल्य पसल बिहान साढे १० बजे देखी अपरान्ह ४ बजे सम्म खुल्ला हुने जनाईएको छ । हुलियत मुल्य पसलबाट प्रती परिवारलाई ३० किलोका दरले खाद्यन्न उपलब्ध हुने र खाद्यन्न लिन जानेले आफ्नो परिचय खुल्ने कागजातको प्रतीलिपी लिएर आए खाद्यन्न उपलब्ध गराईने खाद्य व्याबस्था तथा व्यापार कम्पनी लिमिटेड अछाम शाखाका निमीत्त प्रमुख जोसी बताउनु भएको छ ।

असोज १ गते शुक्रबारदेखी सुरु भएको हुलियत मुल्य पसल कात्र्तिक २४ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा रहने भएपछि उपभोक्तालाइ सहज हुने भएको छ ।

Leave A Reply

Your email address will not be published.