जिल्ला अस्पताल अछामका २८ जना बिरामीलाई फलफुल वितरण

Everest Incitute

राष्ट्रिय स्वास्थ्यकर्मी संघ अछामले आफ्नो संगठनको १७ औं स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल अछाममा भर्ना भएका २८ जना बिरामीलाई फलफुल वितरण गरिएको हो ।

स्वास्थ्यकर्मी संघ अछामका अध्यक्ष चन्द्र प्रसाद ढुंगानाको नेतृत्वमा गएको फलफुल वितरण कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा मंगलसेन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष झंकर प्रसाद भाट, राष्ट्रिय स्वास्थ्यकर्मी संघका प्रदेश सदस्य लोकेश कुवर, जिल्ला अस्पताल अछामका मेडिकल अधिकृत डाक्टर प्रेम प्रसाद ढुंगाना सहित स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.