काग्रेस अछामका उपसभापती ढुंगानाको राजिनामा पार्टीद्धारा स्विकृत

नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुंगानाले दिनु भएको राजिनामा स्वीकृत भएको छ । नेपाली काग्रेस अछामको आईतवार बसेको बैठकले उपसभापती ढुंगानाको राजिनामा स्वीकृत गरेको हो ।

Samajik New Add 2082

मंगलसेनमा सम्पन बैठकले बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा असहयोग गरेको, पार्टीको हितविपरीत कार्यहरू संचालन गरेको भन्दै राजिनामा स्वीकृत गरिएको नेपाली काग्रेसका एक नेताले बताएका छन । २०७८ सालको फागुन २३ सम्पन्न भएको पार्टीको जिल्ला अधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर पार्टीको उपसभापती पदमा निर्वाचित हुनु भएका ढुंगानाले आफ्नै वडामा नेपाली काग्रेसका उमेदवार ठुलो मतान्तरले पराजित भएको भन्दै जेठ १० गते राजिनामा दिनु भएको थियोे ।

वडामा पार्टीका शिर्ष नेताहरू हुदापनि पराजित भएको भन्दै नैतिकताको आधारमा राजिनामा दिएको बताउनु भएको थियो । उक्त वडा नेपाली काग्रेस अछामका सभापति पुष्प बहादुर शाहको वडा पनि हो । आफुले दिएको राजिनामा स्वीकृत गरेपछि नेता ढुंगानाले नेपाली काग्रेस अछामलाई धन्यवाद दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.