सन्दर्भ- काँग्रेसको १४ औं महाँदिवेशनः बिभिन्न पदमा ५ जनाको उम्मेद्वारी घोषणा

Kirci Gyan Kendra

अछाम ४ असोज ।

Samajik New Add 2082

१४ औं महाँदिवेशन नजिकिदै गर्दा नेपाली काँग्रेस अछामका नेताहरुको पनि बिभिन्न पदमा उम्मेद्वारी घोषणा गर्ने क्रमले तिब्रता पाएको छ ।  पार्टी कार्यालय मंगलसेनमा पत्रकार सम्मेलन गरि ५ जना नेताहरुले बिभिन्न पदमा उम्मेद्वारी घोषणा गरेका छन ।

पत्रकार सम्मेलन गरि उम्मेद्वारी घोषणा गर्ने नेताहरुमा तरुण दल अछामका अध्यक्ष प्रकाश साउद, क्षेत्र नम्वर २ का क्षेत्रीय सचिव टंक बहादुर धामी, नेता पुष्पराज अधिकारी, झपट रावल र पदम थ्यायत रहेका छन । साउँदले जिल्ला सचिवमा, धामीले क्षेत्रीय सभापति, अधिकारीले महादिवेशन प्रतिनिधि, थ्यायतले क्षेत्रीय सचिव र रावलले मंगलसेन नगर कार्यसमिति सभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन ।

पत्रकार सम्मेलनमा उम्मेद्वारी घोषणा गर्दै वर्तमान क्षेत्रीय सचिव समेत रहेका नेता टंक धामीले  मेरो काँग्रेस नभई सबैको काङ्ग्रेस बनाउने आफ्नो लक्ष रहेको बताउनुभयो । अनुशासित, विधि, र पद्दतिमा काङ्ग्रेसलाई अघि बढाउने संकल्पका साथ आफुले क्षेत्रीय सभापतिमा उम्मेद्वारी घोषणा गरेको उहाँले वताउनुभयो । “व्यवस्थापकीय जिम्मेवारी फस्ट मेनको हुन्छ,” नेता धामीले भने- “म फस्ट मेन नहुँदा सोचेजस्तो काम गर्न सकिएन, पार्टीलाई सुदृढ र विधान सम्मत अघि बढाएर जनताको प्रिय पार्टी बनाउने मेरो योजना छ ।”

पत्रकार सम्मेलनमा क्षेत्रीय सभापतिको उम्मेद्वारी घोषणा गर्दै नेता टंक बहादुर धामी

 

Saud Agro Kailash

जिल्ला सचिव पदमा उम्मेद्वारी घोषणा गरेका तरुण दल अछामका अध्यो प्रकाश साउदले आफु २०४६ सालमा किशोरावस्था देखी निरन्तर पार्टीमा सक्रिय रहेको उल्लेख गर्नुभयो । आफु जिल्ला सचिवमा निर्वाचित भएमा पार्टीको एकपक्षीय परिपाटीलाई चिरेर जनपक्षीय बनाउने बताउनुभयो । नेताले कार्यकर्ताको नोकरको रुपमा काम गर्नुपर्ने भन्दै साउदले काँग्रेस कार्यकर्ताको मुलप्रवाह भएर आफु अघि बढ्ने दृढता व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा जिल्ला सचिवको लागि उम्मेद्वारी घोषणा गर्दै नेता प्रकाश साउद

 

पत्रकार सम्मेलनमा क्षेत्रीय सचिवको लागि आफ्नो उम्मेद्वारी घोषणा गर्दै नेता पदम थ्यायतले काँग्रेसलाई चलायमान बनाउन र उच्च गति दिन युवाहरु नेतृत्वमा आउनुपर्ने बताउनुभयो । काँग्रेस नेता कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि र सुभेच्छुकको सल्लाह अनुसार आफुले क्षेत्रीय सचिवमा उम्मेद्वारी घोषणा गरेको बताउँदै उहाँले आफु निर्वाचित हुनेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

क्षेत्रीय सचिव पदमा उम्मेद्वारी घोषणा गर्दै नेता पदम थ्यायत

यस्तै महाँदिवेशन प्रतिनिधिमा उम्मेद्वारी गर्नुभएका नेता पुष्पराज अधिकारीले आफुले लामो समयदेखी पार्टीको बिभिन्न भूमिकामा रहेर काम गरिसकेको भन्दै अव महाँदिवेशन प्रतिनिधिका रुपमा जान चाहेकोले उम्मेद्वारी घोषणा गरेको उल्लेख गर्नुभयो ।

 

मंगलसेन नगरपालिका कार्यसमितिको सभापतिका लागि उम्मेद्वारी घोषणा गर्नुभएका नेता झपट बहादुर रावलले नगरमा आफुले गर्न बाँकी रहेका अधुरा कार्य सम्पन्न गर्नका लागि उम्मेद्वारी घोषणा गरेको बताउनुभयो ।

उम्मेद्वारी घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा काँग्रेस नेता चन्द्रप्रसाद ढुंगाना सहित अन्य नेता कार्यकर्ताहरु र पत्रकारको सहभागिता थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.