अछाम क्याम्पसका एम्एड् चाैथाे सेमेष्टरका विद्यार्थीद्वारा अन्तर्क्रिया

समग्र शैक्षिक सुधारका लागि क्याम्पस लागिरहेकाे क्याम्पस प्रमुख विष्टको भनाइ

विद्यार्थीकाे सिकाई प्रक्रियामा अछाम बहुमुखी क्याम्पसकाे भूमिका विषयक एक दिने गाेष्ठि अछाम बहुमुखी क्याम्पसमा सकिएकाे छ । अछाम बहुमुखी क्याम्पसमा एम्एड् चाैथाे बर्षमा अध्ययनरत विद्यार्थीकाे आयाेजनामा कार्यक्रम भएको हाे ।

Samajik New Add 2082

अभ्यास शिक्षण अन्तर्गत शैक्षिक याेजना तथा व्यवस्थापन विषयकाे अभ्यासकाे लागि गरिएकाे कार्यक्रम अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बहादुर बिष्टकाे अध्यक्षतामा भएको हाे । कार्यक्रममा बाेल्दै क्याम्पस प्रमुख बिष्टले अछाम बहुमुखी क्याम्पसले समग्र शैक्षिक सुधारका लागि विभिन्न पहल गरिरहेको बताउनु भयाे ।

स्नातक तथा स्नातकोत्तर तह भनेकाे अनुसन्धान गर्ने, स्वाध्यायन गर्ने भएकाेले विद्यार्थीहरु बढी सक्रिय हुनुपर्ने बताउनु भयाे । अब ज्ञानकाे दायरा फराकिलाे र सिक्ने सिकाउने वातावरण पनि फराकिलो भएको भन्दै सुचना प्रविधिको प्रयाेग गरि सिक्न अग्रसर हुनुपर्ने बताउनु भयाे ।

कार्यक्रममा प्रमुख अतिथि अभ्यास शिक्षणका आन्तरिक सुपरिवेक्षक उपप्राध्यापक पहलसिंह बाेगटीले छलफलकाे विषयकाे लागि कार्यपत्रले राम्रो सवाल उठान गरेकाे बताउनु भयाे । अब केही दिनमै त्रिभुवन विश्वविद्यालयबाट बाह्य सुपरिवेक्षक आउने भएकोले सबै विद्यार्थीले आफ्नाे सम्पूर्ण तयारी पूरा गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा छात्र शिक्षक झपट कुमार केसीले सेमिनार कार्यपत्र प्रस्तुत गर्नुभएको थियाे ।

कार्यपत्रमाथि अछाम बहुमुखी क्याम्पसका सहायक प्रमुख ध्रुव कुमार शाही र उप प्राध्यापक शंकर रावलले टिप्पणी गर्दै आवश्यक सुझाव व्यक्त गर्नुभएको थियाे ।

हरकसिंह धामीले स्वागत गर्नु भएको कार्यक्रममा पूर्व क्याम्पस प्रमुख नृप बहादुर चाँड, शिवराज ढुंगाना, एकेन्द्र कुँवर, मनकला न्याैपाने, सुर्य कुमारी परियार, कृष्णा थापा, शिवराज ढुंगाना, नारायणप्रसाद ढुंगाना लगायतकाे सहभागिता रहेको थियाे ।

कार्यक्रमकाे संचालन टेकराज भण्डारीले गर्नुभएको थियाे ।

Leave A Reply

Your email address will not be published.