विनोदको न्यायका लागी आन्दोलन मंगलसेन केन्द्रीत : जिल्ला प्रशासन कार्यालय घेराउ गरियो

Purnima Mobile
Kirci Gyan Kendra

पंचदेवल विनायक नगरपालिकामा मृत भेटिएका विनोद शाहीको न्यायका लागी आन्दोलनको दोस्रो दिन जिल्ला प्रशासन कार्यालय अछाम घेराउ गरिएको छ । विनोदको न्यायका लागी चरणबद्ध आन्दोलनको घोषणा गरेका पञ्चदेवल विनायक नगरपालिकाका ४ वटा राजनीतिक दलले संयुक्त रुपमा प्रशासन अगाडि नारा जुलुस सहित कोणसभा गरेका छन ।

Samajik New Add 2082

विनोदको हत्या भएको दाबी गर्दै आफन्तहरूले बिभिन्न व्यक्तिका नाममा किटानी जाहेरी दर्ता गर्दा समेत उनीहरूलाई प्रहरीले पक्राउ नगरेको भन्दै आफन्त सहित नगरपालिकाका ४ वटा राजनीतिक दलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

Mellekh RM1
Saud Agro Kailash

हिजो पहिलो दिन विनायकमा र आज सदरमुकाम मंगलसेन केन्द्रीत रहि प्रशासन घेराउ गरिएको हो । प्रदर्शनका क्रममा उनीहरूले हत्यारालाई कार्वाहि गर ,किटानी जाहेरी दर्ता भएकालाई पक्राउ गर, स्थानीय सरकार मुर्दावाद लगायतका नाराबाजी गरेका थिए । नाराबाजीका क्रममा प्रदर्शनका क्रममा नगर प्रमुख,सिडियो,डिएसपी विरुद्ध समेत नाराबाजी गरेका थिए ।

कोणसभालाई अनेरास्ववियु अछामका अध्यक्ष नरेन्द्र खडका, नेकपा (विप्लव) का सर्जन धामी, नेकपा एकीकृत समाजवादीका पारश शाही, नेकपा माओवादी केन्द्रका अमर बि.क र नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा नगर ईन्चार्ज भिम बहादुर बिष्टले सम्बोधन गर्दै विनोदको हत्या भएको दाबी गर्दै किटानी जाहेरी दर्ता गरिएका व्यक्तिहरूलाई तुरुन्त पक्राउ गरि अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए ।

आन्दोलनका कार्यक्रम अनुसार भोलि ४ गते जिल्ला प्रशासन कार्यालयमा अनसन सुरु गर्ने र ५ गते सिटी रयाली गर्ने कार्यक्रम गर्ने कार्यक्रम रहेको मृतकका दाई तथा नेकपा एमालेका नगर कमिटी सचिव बखत बहादुर शाहीले जानकारी दिएका छन् ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.