सुदूरपश्चिम पुग्यो पौने ४ लाख डोज खोप, कुन जिल्लामा कसलाई लगाइने ?

धनगढी: संघीय सरकारले सुदूरपश्चिमका लागि थप पौने चार लाख कोरोना भाइरसविरुद्धको खोप पठाएको छ। चीनबाट खरिद गरी ल्याइएको ४० लाख डोजमध्ये तीन लाख ७० हजार डोज भेरोसेल सुदूरपश्चिम पुगेको हो।

Samajik New Add 2082

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदक विष्टले तीन लाख ७० हजार खोप धनगढी पुगेको बताउँदै जिल्लामा पठाउन सुरु गरिएको जानकारी दिए। ‘बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा आजै खोप पठाउन सुरु गरेका छौँ,’ विष्टले दिनेशखबरलाई भने, ‘अन्य जिल्लामा पनि भोलिदेखि पठाउँछौ। १४ गतेभित्रै खोप लगाउनपर्ने छ।’

स्वास्थ्य मन्त्रालयका अनुसार अछाममा ४० वर्षमाथिका सबै नागरिकलाई खोप दिइने छ। जिल्लामा खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप लगाइने मन्त्रालयले जनाएको छ। बाजुरा र दार्चुला जिल्लामा १८ वर्षमाथिका खोप लगाउन बाँकी रहेका सबै नागरिकलाई खोप दिइनेछ।

कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ र डोटी जिल्लामा भने ४५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ। खोप लगाउन जाँदा आफ्नो उमेर र पेसा खुल्ने परिचयपत्र अनिवार्य लिएर जान आग्रह गरिएको छ। परिचय पत्र नभएको खण्डमा पालिकाबाट उमेर खुल्ने सिफारिस लिएर जान भनिएको छ। अहिले पहिलो डोज लगाएकालाई कात्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो डोज खोप लगाइने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा अहिलेसम्म झण्डै १० लाखलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। पूर्ण खोप पाउने नागरिकको सख्या भने झण्डै ५ लाख रहेको छ।

-Dineshkhabar

Leave A Reply

Your email address will not be published.