प्रदेश १ र बागमतीमा छिट्टै हाम्रो सरकार बन्छ : माधव नेपाल

Kirci Gyan Kendra

४ असोज ।

Samajik New Add 2082

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । सोमवार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

Saud Agro Kailash

उनले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको दाबी गर्दै नेताहरुलाई धन्यवाद समेत व्यक्त गरे । आफ्नो पार्टी कसैको पार्टीभन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन उनले आग्रह गरे । उनले भने, ‘एक र तीन नम्बर प्रदेश (बागमती)मा छिट्टै हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहान्छु ।’

एमालेबाट आफुहरु चोइटिएर हाइसन्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै नेपालले हाइसन्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्यो भन्ने प्रश्न समेत गरे । उनले भने, ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसन्चो भयो । यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्यो हाइसन्चो भएको मान्छेले ? पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन संसदमा कराउनुपर्ने स्थिति बनेको छ ?’ सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरु अरुको काँधमा चढेर माइक खोस्दै संसदमा उफ्रिएको टिप्पणी उनले गरे ।

-Ratopati

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.