रामारोशन १ मलातिकोट र २ चाफामाडौँ स्वास्थ्य संस्थाको सामाजिक परिक्षण सम्पन्न

Purnima Mobile
Kirci Gyan Kendra

रामारोशन गाउँपालिका वडा नम्बर १ मलातिकोट र २ चाफामाडौँमा रहेको स्वास्थ्य संस्थाको सामाजिक परिक्षण गरिएको छ । स्थानीय जनप्रतिनिधि, सेवा प्रदायक र सेवाग्राही बिच स्वास्थ्यका समस्याको बारेमा बृहत छलफल सहित समाधानका लागि कार्ययोजना निर्माण गरिएको छ ।

Samajik New Add 2082

छलफलमा सहभागी महिला स्वयमसेविका, आमा समुहमा प्रतिनिधिले गाउँसमाजमा अझै पनि स्वास्थ्यमा सबैको पहुँच पुग्न नसकेकाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैले दायित्व बोध गर्नुपर्नेमा जोड दिनु भयो । स्वास्थ्य संस्थामा भौतिक संरचना अभाव, गाउँ घर क्लनिक संचालन गर्दा आउने समस्या लगाएत थुप्रै बिषयमा सहभागीले प्रश्न गरेका थिए ।

Mellekh RM1

सुदुर संचार समाज नेपाल अछामको सहजिकरण र रामारोशन गाउँपालिका स्वास्थ्य शाखाको सहयोग र सम्बन्धित स्वास्थ्य चौकीको आयोजनामा भएको कार्यक्रममा रामारोशन गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा स्वास्थ्य ब्याबस्थापन समिति अध्यक्ष
चक्र बहादुर साउँदले स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि आँफु एकदमै प्रतिबद्घ रहेकाले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्नका लागि आवश्यक उपकरण खरिद तथा स्वास्थ्य संस्थाको विकासमा सधै लागि पर्ने समेत बताए ।

कार्यक्रममा मलातीकोट स्वास्थ्य चौकीका ईन्चार्ज डम्बर बहादुर शाहले स्वास्थ्य क्षेत्रबाट सेवा प्रवाह गर्दा हुने कठिनाई तथा चुनौतीको बारेमा जानकारी गराउँदै स्वास्थ्य संरचना, सामाग्री पुरानै भएकाले सेवा दिन अफठ्यारो भएको गुनासो गर्दै नया जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रको बिकासमा ध्यान दिए सेवा दिन समस्या नहुने बताए ।

Saud Agro Kailash

कार्यक्रमको सहजिकरण सुदुर संचार नेपालका चन्द्र थापा र विक्रम परियारले गर्नु भएको हो ।

उता वडा नम्बर २ मा चाफामाडौँ स्वास्थ्य चौकीमा भएको सामाजिक परिक्षण कार्यक्रमका अध्यक्ष स्वास्थ्य ब्याबस्थापन समिति तथा वडा सदस्य खगेन्द्र बहादुर टमट्टाले स्वास्थ्यका समस्याको बारेमा विगत लामो समय देखि नजिक बाट जानकार भएकाले समस्या समाधानमा लागि प्रतिबद्ध भएर लागिपर्ने बताए ।

वडा सदस्य मुगा रावलले स्वास्थ्य सेवामा महिला दिदी वहिनिको पहुच बढाउनका लागि सबैले साथ दिनुपर्ने बताउनु भयो । बालबालिका, महिलाका समस्या पहिलो प्राथमिकतामा राखेर आफु अघि बढने बताईन ।

स्वास्थ्य चौकी ईन्चार्ज मीन बहादुर परियारले सिमित स्रोत साधनका बिच स्वास्थ्य सेवा दिनु परेकाले सबैले समस्या समाधानका सहयोग गर्नु पर्ने बताए । स्वास्थ्य संस्थाको भवन निर्माण, बर्थिङ्ग सेन्टर निर्माण, प्रतिक्षालय निर्माण, आमा समुहलाई सक्रिय, गाउँघर क्लिनिक भवन निर्माण लगाएतका माग कार्ययोजनामा समाबेश गरिएकाले पूरा गर्न सबैलाई सहयोग गरिदिन आग्रह गर्नु भयो ।

आमा समुहको तर्फबाट बोल्दै सरिता रावलले आमा समुहका बैठकमा हुने छलफलका बिषयमा जानकारी गराउदै अझै जिम्मेवार बनाउन सहयोगको खाचो रहेको बताउनु भयो ।


सामाजिक परिक्षण कार्यक्रमको सहजिकरण सुदुर संचार समाज नेपालका कमल कुमार रावल र शंकर थापाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.