उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई आफ्नो एक महिनाको सेवा सुबिधा उपलब्ध गराउने अध्यक्ष बिसीको घोषणा

तुर्माखाद गाउँपालिका अध्यक्ष तथा बसुन्धरा माबि भैरबस्थानका बिब्यस अध्यक्ष एवं लोकप्रिय युवा नेता डम्बर बिसीले बसुन्धरा माविमा अध्यनरत शिशु कक्षा देखी कक्षा १२ सम्म उत्कृष्ट अंक ल्याउने तथा प्राबिधिक शिक्षा अध्यन गर्न नाम निकाल्न सफल विद्यार्थीलाई आफुले पाउने एक महिना बराबरको सेवा सुबिधा उपलब्ध गराउने घोषणा गर्नुभएको छ । बिद्यालयले आयोजना गरेको जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष बिसीले सो कुरा बताउनुभएको हो ।

Samajik New Add 2082

बसुन्धरा मावि अध्यक्ष बिसी आफैले पनि कक्षा १ देखि एसएलसी सम्म उतिर्ण गरेको बिद्यालय हो भने हाल दोस्रो कार्यकाल बिब्यसको अध्यक्षमा सर्बसम्मत चुनिनु भयको थियो । वहाँकै पालामा विद्यालयकाे भाैतिक, शैक्षिक सुधारका लागि आफुले याेगदान दिएकाे भन्दै अब पालिका भरीकाे शैक्षिक सुधारका लागि अग्रसर भएर लाग्ने र आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता शिक्षालाई नै दिएको बताउनुभयो ।

बसुन्धरा माध्यामिक विद्यालय तुर्माखाँद ३ भैरवस्थानले नवनिर्वाचित गाउँपालिका अध्यक्ष सहित जनप्रतिनिधिलाई सम्मान गरेकाे छ । विद्यालयले एक कार्यक्रमकाे आयाेजना गरि पालिका अध्यक्ष डम्बर बहादुर बिसी र वडा अध्यक्ष काँसिराम बुढालाई सम्मान गरेकाे हाे । अध्यक्ष बिसीले बिगत देखि बिब्यस अध्यक्ष भएको पहिलो कार्यकाल देखि दोस्रो सम्म आईपुग्दा बिधालयको कामकाजमा खटियवाफतको दैनिक भ्रमण भत्ता समेत नलिएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक बम बहादुर विष्टकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुर्माखाद गाउपालिका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिसी रहनु भयको थियो । साे कार्यक्रममा वडा अध्यक्ष कासिराम बुढा, पूर्व विव्यस अध्यक्ष प्रभुनाथ भण्डारी, कृष्ण बहादुर विसी, सदस्यहरु प्रसादसिंह बुढा, अमृतादेवि बुढा, पुनादेवि बुढा, शिक्षक अभिभावक संघका अध्यक्ष लिलाराज भण्डारी, पूर्व सदस्य मीन बहादुर सुनार, पूर्व शिक्षक अर्जुनसिंह बुढा लगायतकाे सहभागिता रहेको थियाे ।

कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । शिक्षक तिलक प्रसाद शर्माकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन शिक्षक राज बहादुर विसीले गर्नुभएको थियाे ।

Leave A Reply

Your email address will not be published.