करेन्ट लागेर १ जनाको मृत्यु

कञ्चनपुर, ५ असोज ।

सुक्लाफाँटा नगरपालिका-१० झलारी बस्ने २७ वर्षीया लक्ष्मी कुँवरको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ ।

आफ्नै घरमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

Everest Incitute

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै, कैलालीको जानकी गाउँपालिका-९ शिवशक्ति सामुदायिक वन पछाडि कर्णाली नदीको किनारमा करिब ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीमा, बुटवल उपमहानगरपालिका-१६ नरेनापुरस्थित दानव खोलाले बगाइ ल्याएको अवस्थामा करिब १८ महिनाको बालक सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.