श्रष्टा मनोज रावलको कविता सग्रह “हेर मलाई म रोएँ ” को बिमोचन गरियो

Samajik Bal biwaha

श्रष्टा मनोज रावलको कविता सग्रह “हेर मलाई म रोएँ ” को एक कार्यक्रमका बिच विमोचन गरिएको छ । साँफेबगर नगरपालिका वडा नम्बर ४ स्थित जनकल्याण माध्यामिक विद्यालयमा अध्ययनरत रावलको विद्यालयमै कार्यक्रमको आयोजना गरि विमोचन गरिएको हो ।

अछाम जिल्ला पन्चदेवल विनायक नगरपालिका वडा नम्बर 6 तोलीमा आमा तारा देवी रावल र बुबा केशर रावलबाट जन्मनुभएका मनोज रावलले नेपाली कविता संग्रह ‘हेर मलाई म रोएँ ‘ प्रकासन गरेका हुन ।जनकल्याण माध्यामिक विद्यालयका प्राचार्य भिम बहादुर बुढाको अध्यक्षतामा भएको विमोचन कार्यक्रमका सहभागिले ईमानदार, लगनशील युवा विद्यार्थीले गरेको कार्यको उच्च प्रशंसा गरेका थिए ।

Mangalsen Mun Anurodh

लिखित कविता संग्रहमा २७ वटा वटा राजनितिक, सामाजिक, देशभक्ति, वातावरण संरक्षण र व्याग्यत्मक शैलीमा लेखिएका
कविताहरु रहेका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीमा जन्मनु भएका रावलले सहि वडामा अवस्थित धनवन्तरी माध्यमिक विद्यालयबाट SEE पास , टिकापुर नगरपालिका स्थित वीरेन्द्र विद्या मन्दिर माबिबाट +२ पास र साँफेबगर नगरपालिका वडा नम्बर ४ स्थित जनकल्याण माध्यामिक विद्यालयमा शिभिल ईञ्जिनियर अध्ययनरत रावल सानै उमेर देखि साहित्य तथा कविता लेखनमा रुचि राख्दै आउनु भएको थियो ।

सानै उमेर देखिको कविता लेखन र संग्रह प्रकाशन गर्ने रुचि आज बल्ल पूरा भएको बताउनु भयो । आफ्ना हजुरबुवा सम्पती रावलको आर्शिवादबाट साहित्य क्षेत्रमा पाइला टेकेको बताउदै आउँदा दिनमा पनि कला साहित्यलाई निरन्तरता दिई रहने प्रतिबद्धता जनाएका छन । साथै रावलले ‘हेर मलाई म रोएँ’ गद्य कविता सग्रह प्रकाशन गर्न सहयोग गर्ने, बिमोचन कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको छ ।

विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीको उपस्थिति रहेको कार्यक्रमको संचालन शिक्षक रेमन्त सुनारले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.