जापान : जापानको ठूलो पर्व ‘समर फेष्टीबल’ मध्येको ‘नारिता गीवोन फेष्टीबलुमा त्यहाँको चिवा केन नारितामा बस्ने नेपालीहरूको संस्था नारिता नेपालले सहभागिता जनाएको छ । त्यहाँका नेपालीहरूको प्रतिनिधितब गर्दै फेष्टिबलमा सहभागिता जनाएको नारिता नेपालले त्यहाँ मनाइने पर्वहरूको बारेमा जानकारी लिनुका साथै आफ्नो देशमा मनाइने पर्वहरूबारे जानकारी गराएको छ ।
आगामी दिनमा पनि एक अर्को देशको कला संस्कृतिको आत्मासाथ गर्ने र समन्वय गरि सामाजिक कार्यमा सहभागिता जनाउने सहमती पनि भएको नारिता नेपालमा आवद्ध बीरेन्द्र रावलले बताए । उनले आगामी दिनमा पनि नेपालीहरूले जापानमा मनाउने पर्वहरूमा पनि जापानी नागरिकहरूलाई पनि सहभागी गराएर नेपालको कला संस्कृतिको जानकारी दिने सहमति भएको छ ।
साथै आगामी अगस्ट २७ तारिखमा तीज विशेष कार्यक्रम आयोजना गर्ने जानकारी पनि गराइएको छ । नारिता नेपालले स्थापनाकालदेखि नै सामाजिक, सास्कृतिक, जन चेतना मूलक लगायत कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।