टेक बहादुर थापा : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले अव्यस्थित रहेको वैदेशिक रोजगारलाई सीप र प्रविधियुक्त बनाएर व्यस्थित बनाएर लैजाने बताउनु भएको छ । समाजवादी प्रेस संगठन अछामले सदरमुकाम मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै मन्त्री कुँवरले वैदेशिक नीतिगत र कार्यगत रुपमा काम भइरहेको भनाइ राख्नुभएको छ ।
यो बर्ष मात्र नेपाल बाट ६ लाख ३० हजार नागरिक विदेश गएकाले विदेश गएका नागरिकले पठाएको रेमिटान्स बाट देश चलीरहेकाले अहिलेको अवस्थामा वैदेशिक रोजगरीलाई बन्द गर्नुभन्दा पनि यसलाई थप व्यवस्थित बनाएर लैजानुको विकल्प नरहेको बताउनुभयो । एकीकृत सूचना प्रणालीको विकास, सामाजिक सुरक्षामा जोडिने र वैदेशिक रोजगारका क्रममा हुने ठगी अन्त्यका लागि पहल भइरहेको मन्त्री कुवरले बताउनुभयो ।
“वैदेशिक रोजगारमा ठगी गर्नेलाई पानीमुनी गएपनि ल्याएर जेलमा कोचिन्छ ।” मन्त्री कुँवरले भन्नुभयो । विभिन्न देशका राजदूतको भेटमा समेत विदेशमा श्रम गरिरहेका व्यक्तिको समग्र सुरक्षाको लागि कुरा गरेको बताउनुभयो । मन्त्री कुँवरले विदेश गएका व्यक्तिहरुले आर्थिकसँगै सीप र प्रविधिलाई उपयोग गरेर देशमै उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने भनाइ राख्नुभयो ।
“सुदूरपश्चिममा अरु भन्दा धेरै भारत जाने अवस्था छ, उनीहरुको पारिश्रमिक, सुरक्षाका लागि भारतीय राजदूतसँग कुरा भईरहेको समेत मन्त्री कुँवरले बताउनुभयो । विदेशमा काम गर्न जाने नेपालीहरुको श्रमको सम्मान र सुरक्षाको विषया सबैभन्दा ठुला भएकाले विदेशमा रहने नेपालीहरुको सुरक्षाको लागि पहल भईरहेको समेत बताउनु भएको छ ।
मन्त्री कुँवरले नागरिकताविहिन बालबालिका र गैरआवासीय नेपालीका लागि नागरिकताका लागि विधेयक आएको भनाइ राख्नुभयो । राज्य व्यवस्था समितिमा लामो छलफल भएर सहमति भएको विधेयक लागु नहुनसक्नु दुखद भएको उहाँको भनाइ छ । सबैको अस्तित्व स्वीकार्ने अवस्था भएमा बाम एकता नै आजको आवश्यकता रहेको भनाइ राख्नु भएको छ ।