साँफेबगर नगरपालिकाद्धारा मन्त्री कुँवरलाई स्वागत तथा सम्मान

साँफेबगर नगरपालिकाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई स्वागत तथा सम्मान गरेको छ । साँफेबगर नगरपालिकाका कार्वाहक नगर प्रमुख शिव बहादुर कुँवर शिलोजको अध्यक्षतामा स्वागत तथा सम्मान गरिएको हो ।

Samajik New Add 2082

स्वागत तथा सम्मान कार्यक्रम बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कुँवरले युवालाई रोजगारि बनाउने जोड दिनुभएको छ। नेपालमा वा विदेश पठाएर भएपनी युवालाई रोजगार बनाउनको लागि आफुले पहल गर्दै आएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय श्रम बजारमा युवाको माग रहेका यहाँका युवालाई कसरी निशुल्क बिदेश पठाउने भनेर छ्लफल गर्दै आएको धारणा व्यक्त गर्नुभएको छ । उहाँले आफुले समालेको मन्त्रालय बिकास संग सरोकार नराख्ने भयतापनी यहाँको विकास निर्माण लागि पहल गर्दै आएको बताउनुभयो ।

स्वागत तथा सम्मान कार्यक्रममा प्रदेशका पुर्व सामाजिक विकास राज्यमन्त्री मिना साउद, साँफेबगरका निवर्तमान नगर प्रमुख कुलबहादुर कुँवर, समाजवादी पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्मा लगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो।

नगरपालिकाका प्रवक्ता मकर कुँवरले स्वागत मन्तव्य राख्नु भएको स्वागत तथा सम्मान कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख शंकर थापाले गर्नुभएको थियो । यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैधनाथ क्षेत्रमा बुढीगङ्गा नदिले गर्दै आएको कटानको स्थलगत निरीक्षण गर्नुभएको छ । कटानको स्थलगत निरीक्षण पछि बोल्दै मन्त्री कुँवरले वैधनाथ वावाले सबैको संरक्षण गरेको तर वैधनाथ वावाको संरक्षण हुन नसक्नु दु:खद भएको बताउनुभयो ।

उहाँले आफुले वैधनाथ क्षेत्रको संरक्षण पहिले देखि नै पहल गर्दै आएको धारणा राख्नु भयो । मन्त्री भैसके पछि यहाँको कटान रोक्नको लागि आफुले जलस्रोत मन्त्री सरोकारवाला पक्षलाई मन्त्रालयमा छलफल गरेको धारणा राख्नुभयो ।

आफू काठमान्डौ गएपछि यहाँको कटान, पर्यटन प्रवर्द्धन र गुठिको जग्गाको समस्या समाधानको लागि छ्लफल गर्ने जानकारी दिनुभयो । वैधनाथ क्षेत्र विकास सस्थाले सम्मान समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.