तुर्माखाँदका अध्यक्षद्धारा चुनावी घोषणापत्र अनुरुप आ.ब.२०७९/०८० को बजेट विनियोजन

जिल्लाको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले स्थानिय तहको निर्वाचनमा जनता माझ जादा गरेको प्रतिबद्धता सहित घोषणापत्र अनुसार बजेट विनियोजन गर्नु भएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक बिस्तार, वडा तथा अन्य क्षेत्रमा अधुरा भौतिक संरचना पुर्ति गर्ने प्रतिबद्धता तथा घोषणापत्र अनुसार आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गर्नु भएको छ ।

चुनावी प्रतिबद्धता अनुरुप रहेर तुर्माखाँद गाउँपालिकामा क्याम्पस स्थापनाकाे लागि ४० चालीस लाख, २ एम्बुलेन्स खरिदका लागि ४० लाख, निशुल्क शिक्षा कार्यक्रम अन्तर्गत निजि स्राेतका शिक्षक र कर्मचारीहरुकाे तलवका लागि १ कराेड ६७ लाख, बिन्द्रासैनी मावि रहफमा +2 सञ्चालनका लागि ११ लाख रकम यस आर्थिक बर्ष २०७९/०८० मा कार्यान्वयन हुने गरि विनियोजन गर्नु भएको छ ।

Everest Incitute

त्यसैगरी सबै वडामा बिजुली बत्ती बिस्तार कार्यक्रम अन्तर्गत विद्युतिकरणका ४० चालीस लाख, गाउँपालिकाकाे आफ्नै प्रशासकीय भवन निर्माणका लागि १ कराेड, MBBS अध्यन गर्ने २ गाउँपालिकाका विद्यार्थीलाई वार्षिक २१ लाख, एक वडा एक मनाेरञ्जन पार्क कार्यक्रम अन्तर्गत तुर्माखाँद वडाकाे कालसैनी डाडामा मनाेरञ्जन पार्क र पैदलमार्ग निर्माणको लागि ८ लगाएत गरि झण्डै केन्द्र, प्रदेश र आफ्नै पालिकाका गरि थुप्रै जनमुखी योजनामा बजेट विनियोजन गरिएको छ ।

५ बर्षको अवधिमा गर्न सकिने योजना अनुरुप जनता प्रतिबद्धता गरेकाले क्रमिक रुपमा पूरा हुदै जाने अध्यक्ष बिसीले बताउनु भयो । आफू जनताको सेवक भएकाले हरेक समय जनतालाई सुझाव सल्लाह लिन र भए गरेका कामकारबाहीमा खबरदारी गर्न समेत आग्रह गर्नु भयो ।

जनताका लागि प्रत्यक्ष फाईदा हुने योजना सहित भौतिक क्षेत्र समेत उकास्ने गरि हरेक सुझावमा समेत बजेट विनियोजन भएकाले प्रभावकारी रुपमा कार्यान्वयन हुने तुर्माखाँद गाउपालिकाका प्रवक्ता एव वडा नम्बर ८ का अध्यक्ष निरक शाहीले बताउनु भयो । जनताले गाउँ गाउँमा सिहदरबारको अनुभुती गर्न पाउने भन्ने ध्येयका साथ समेत सबै जनप्रतिनिधि बजेट कार्यान्वयन र सामाजिक कार्यमा लागि परेका बताउनु भयो ।

हेर्नुहोस आ.ब. २०७९/०८० मा कार्यान्वयन हुने बजेट तथा कार्यक्रम

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.