नेपाल बुद्धिजीवी परिषद मंगलसेनको प्रथम अधिबेशन सम्पन्न

Kirci Gyan Kendra

नेपाल बुद्धिजीवी परिषद मंगलसेन नगरपालिकाको प्रथम अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले टेक बहादुर थ्यायतको अध्यक्षतामा १३ सदस्यीय समिती चयन गरेको छ । जसमा उपाध्यक्ष चन्द्रकला बिष्ट, सचिव प्रकाश सोडारी, सहसचिव दान बहादुर बोगटी, रिजन भण्डारी, कोषाध्यक्ष गणेश भण्डारी लगाएतका सदस्य रहेका छन ।

Samajik New Add 2082

जिल्ला अध्यक्ष भरत सोडारीको अध्यक्षतामा कार्यक्रममा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा मंगलसेन नगरपालिका प्रमुख पदम बोहरा प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि बोहराले सबैभन्दा बौद्धिक वर्गले सजग सचेत बन्दै देश निर्माणमा भुमिका खेल्न आग्रह गर्नु भयो । बौद्धिक वर्गको सुझाव, सल्लाह जहिले पनि ग्रहण गरेकाले सहयोगी भुमिका खेल्न आग्रह गरे ।

Saud Agro Kailash

कार्यक्रममा एमाले अछामका सचिव भिम बहादुर रावलले बौद्धिक वर्गको जमातले सहि समयमा सहि सुझाव दिन सके उपलब्धि हासिल हुने बताउनु भयो । आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा पार्टिलाई बलियो बनाउन बुद्धिजीवी व्यक्तिको भुमिका रहने बताउनु भयो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सरिता उपाध्याय, शिक्षक महासंघ केन्द्रीय उपाध्यक्ष तिलक कुवर, बान्निगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावल, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य नर बहादुर रावल, निजामती कर्मचारी संगठन अछामका अध्यक्ष विष्णुप्रसाद जैसी, शिक्षक संगठन अछाम अध्यक्ष सर्पराज रिमालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

जिल्ला सदस्य शिवराज ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला सचिव जनक बटालाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.