नगर अनुदान शिक्षक हकहित संरक्षण समितिको मागमा सबै संगठनको ऐक्यबद्धता

Kirci Gyan Kendra

मंगलसेन नगरपालिका भित्रका नगर अनुदान शिक्षकका मागमा नगर भित्रका सबै शिक्षकमा संघ संगठनले ऐक्यबद्धता जनाएमा छन । आफुले खादै आएको तलबभत्ता नगर सरकारले कार्यविधि बनाउदै घटाएको भन्दै नियमित माग सहित आन्दोलनमा रहेका छन ।
नगर अनुदान शिक्षक हकहित संरक्षण समितिको मागमा सहमति जनाउदै सबै संगठनले माग तथा ज्ञापनपत्र मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरालाई बुझाएका छन ।

Samajik New Add 2082
Saud Agro Kailash

गत महिना नगर कार्यपालिकाले निर्माण गरी पास गरेको सेवा करार व्यवस्थापन सम्वन्धि मापदण्ड २०७९ निर्माण गरी शिक्षकहरुले खाईपाई आएको तलब भत्तामा कटौती गरी अन्तराष्ट्रिय श्रम संगठनको नियम विपरित तथा ट्रेड यूनियन अधिकारको हनन् हुने गरी कटौती गरिएको निर्णय प्रति नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठनको तर्फबाट गम्भीर ध्यानाकर्षण विज्ञप्ति मार्फत गरिएको छ ।

वर्तमान अवस्थामा वढ्दै गईरहेको महंगीलाई मध्यनजर गरी संघिय सरकारले शिक्षक कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेको अवस्थामा मंगलसेन नगरपालिकाले पनि नेपाल सरकारको तलबमान कायम गरी १५ प्रतिशत तलब वृद्धि गर्न समेत मंगलसेन नगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई अनुरोध गरिएको छ ।

माग तथा ज्ञापन पेश कार्यक्रममा नेपाल शिक्षक महासंघ अध्यक्ष मदन बहादुर बोगटी,नेपाल शिक्षक संघ नगर समिति अध्यक्ष टंक प्रसाद ढुंगाना, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति अध्यक्ष एकेन्द्र बहादुर बिक, अनुदान शिक्षक हकहित संरक्षण समिति मंगलसेन नगर अध्यक्ष कुलानन्द भण्डारी, कोषाध्यक्ष देवेन्द्र केसी, सचिव डम्बर बहादुर भण्डारी लगाएतले विज्ञप्तिमा हस्ताक्षर गर्दै माग पेश गरेका थिए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.