अछाममा निमोनियाका कारण ११ महिने शिशुको ज्याँन गयो

बालबालिकामा निमोनियाको समस्या बढ्दो

धनराज साउँद, अछाम ७ असोज ।

निमोनिया भई जिल्ला अस्पतालमा उपचार गराई रहेका एक बालकको ज्यान गएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तीका ११ महिनाका भूपेन्द्र जनालाको ज्यान गएको हो ।

असोज ४ गते अस्पताल पुर्‍याएका बालकको बुधवार राति नै ज्यान गएको अस्पतालका सूचना अधिकारी नर्सिङ स्टाफ गंगा बुढामगरले बताउनु भयो । कडा निमोनिया र कुपोषण भई फोक्सोमा बढी सङ्क्रमण भएकोले ज्यान गएको अस्पतालले जनाएको छ ।

थप उपचारका लागि धनगढी रेफर गरेको अवस्थामा समयमै राम्रो ठाउँमा पुर्‍याउन नसकेको कारण बालकले ज्यान गुमाउनु परेको अस्पतालले जनाएको छ । बच्चाको साथमा आमा मात्रै रहेको र एक दिन पहिले नै रेफर गरे पनि रेफर गर्नासाथ राम्रो ठाउँमा लिन नसकिएको बताइएको छ ।

हाल अछाममा स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो, मौसमी रुघाखोकी र निमोनियाका बिरामी समेत बढेका छन् । जिल्लाका सरकारी तथा निजी अस्पतालहरूमा भाइरल ज्वरो, मौसमी रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या बढेको हो ।

लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पताल मंगलसैनमा हाल ३ दिन यता मात्रै रुघाखोकी,भाइरत ज्वरो र निमोनियाका ५० भन्दा बढी बिरामी भर्ना भएका अस्पतालले बताएको छ ।

विशेष गरी ५ वर्ष मुनिका बालबालिकाहरूमा यस्तो समस्या देखिएको जिल्ला अस्पताल अछामका नर्सिङ स्टाफ सूचना अधिकारी गंगा बुढामगरले जानकारी दिनुभयो । उहाँका अनुसार ५ वर्ष मुनिका बालबालिकाहरूमा रुघाखोकी ज्वरोसँगै निमोनियाको समस्या देखिएको छ भने अस्पतालमा दैनिक दर्जनौँ भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन् । ज्वरो र रुघाखोकीबाट ग्रस्त उनीहरूमा भाइरल ज्वरो र बालबालिकाहरूमा निमोनिया समेत देखिने गरेको अस्पतालका मेडिकल रेकर्डर धर्मराज जैशीले जानकारी दिनुभयो ।

बालबालिकासँगै ५० वर्ष भन्दा माथिका वयस्कहरूमा पनि यस्तो समस्या बढी देखिएको छ । अहिले जिल्ला अस्पतालमा ४३ जना बिरामी भर्ना रहेका र तीमध्ये २५ जना बढी बालबालिका रहेका अस्पतालले जनाएको छ । उपचारका लागि अस्पताल आउनेहरू मध्ये अधिकांशमा भाइरल ज्वरो र मौसमी रुघाखोकी र निमोनियाको समस्या देखिएको जैशीले बताउनुभयो । जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत यस्तै प्रकृतिका बिरामीको चाप बढ्न थालेको छ ।

बयालपाटा अस्पतालमा पनि दैनिक रूपमा भाइरल ज्वरो, मौसमी रुघाखोकी र निमोनियाका दर्जनौँ बिरामी आउने गरेको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले बताउनु भएको छ । वर्षासँगै मौसम परिवर्तनका कारण यस्तो स्वास्थ्य समस्या देखिएको डाक्टर पाठकको भनाई छ ।

मौसम परिवर्तन भएसँगै विभिन्न स्वास्थ्य समस्या देखिन थालेको बताउँदै स्वास्थ्यकर्मीले पानीलाई उमालेर पिउन, गेडागुडीको झोल तथा पोसिला खानेकुरा खान सुझाएका छन् भने स्वास्थ्य सरसफाइमा समेत ध्यान दिन आग्रह गरेका छन् । कोरोनाको जोखिम बढ्न सक्ने तर्फ सङ्केत गर्दै स्वास्थ्यकर्मीले कोरोनाबाट बच्न आवश्यक स्वास्थ्यका सबै मापदण्डको पालना गर्न समेत सुझाएका छन् ।

 

-Bannigadhitoday

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.