ऋषिदहमा माओवादी केन्द्रको अगुवा कार्यकर्ता भेला सम्पन्न

अछाम ७ असोज ।

Everest Incitute

नेकपा ( माओवादी केन्द्र ) मेल्लेख गाउपालिका अन्तरगत वडा नम्बर १, २ र ३ को संयुक्त अगुवा कार्यकर्ता भेला ऋषिदहमा सम्पन्न भएको छ । गणेश बुढाको अध्यक्षतामा भएको भेलामा पार्टीका जिल्ला संयोजक झपट साउद प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि साउदले पार्टी लाई सुदृढ गर्दै देशैभरी एक नम्बरको पार्टी बनाउन सबै कार्यकर्ता फिल्डमा लाग्न निर्देशन दिनुभयो । कार्यक्रमका अन्य अतिथिहरुमा पार्टीका नेताहरु लोकबहादुर बोहरा ‘अविरल’, अर्जुन धामी , ज्वाला सिंह साउद , डम्बर बुढा , दान बहादुर बुढा ,रुप बहादुर शाह लगायत रहनुभएको थियो ।

झण्डै १५० जना माओवादी केन्द्रका नेता कार्यकर्ताको उपस्थिति रहेको भेलामा रंग बुढाले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन चन्द्र बिकले गर्नुभएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.