
अछामः

आर्थिक बर्ष २०७८/०७९ मा स्वास्थ्यका क्षेत्रमा संचालित कार्यक्रमको बार्षिक समीक्षा कार्यक्रम मंगलसेन नगरपालिकामा सुरु भएको छ । वडाका स्वास्थ्य चौकि, स्वास्थ्य ईकाई, गाउघर तथा शहरी स्वास्थ्य क्लनिकबाट प्रवाह भएका सेवा, चुनौति भावि कार्य योजनाका बिषयमा बृहत छलफलका लागि २ दिने समिक्षा सुरु भएको हो ।
समीक्षा कार्यक्रमको उदघाटन गर्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले स्वास्थ्य क्षेत्रमा नगरबाट ठुलो लगानी भएकाले अब प्रतिफल आउनु पर्ने बताए । स्वास्थ्य क्षेत्रमा विभिन्न सुचक माथि छलफल तथा बर्षभरी उत्कृष्ट काम गर्ने संस्थालाई भोलि समापनमा सम्मान समेत गरिने स्वास्थ्य शाखा संयोजक चन्द्र प्रसाद ढुंगानाले बताउनु भयो ।
उदघाटन कार्यक्रममा नगर उपप्रमुख संगिता सोडारी रावल, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, सबै वडाका वडा अध्यक्ष, स्वास्थ्य चौकी प्रमुख लगाएतको सहभागिता रहेको थियो ।
