सरस्वती मावि जयगढको सहायक प्र.अ.मा रतन साउँद

सरस्वती माद्यामिक विद्यालय जयगढ अछामको सहायक प्रधानाध्यापकमा रतन साउँद नियुक्त भएका छन् । विद्यालय व्यवस्थापन समितिको बिहीबार सम्पन्न बैठकले साउँदलाई विद्यालयको सहायक प्रधानाध्यापकमा नियुक्त गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा बिहीबार सम्पन्न भएको बैठकले साउँदलाई सहायक प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

Everest Incitute

सहायक प्रधानाध्यापकमा नियुक्त भएका साउँदले यस अघि विद्यालयको प्लस टु संयोजकको जिम्मेवारी सम्हालेका थिए ।

विद्यालयको सहायक प्रधानाध्यापकमा नियुक्त भएसँगै साउँदले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी थप सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

साउँद रेडियो बान्नीगढी एफ.एम जयगढ अछामको सञ्चालक समिति अध्यक्ष समेत हुनुहुन्छ ।

-bannagadhitodya

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.