आँखाकाे सशुल्क सल्यक्रिया शिविरमा १८ जनाले सेवा लिए

Samajik Bal biwaha
Mangalsen Mun Anurodh

हाेम साउद, अछाम:
आँखाकाे सशुल्क सल्यक्रिया शिविर मंगलसेनमा सम्पन्न भएको छ । गेटा आँखा अस्पतालकाे आयाेजना र आँखा उपचार केन्द्र मंगलसेनकाे समन्वयमा एक दिने शिविरको आयाेजना गरिएको थियाे ।
शिविरमा १८ जनाकाे आँखाकाे सल्यक्रिया गरिएको छ । जसमा १० जनाकाे मेसिनद्वारा माेतिविन्दुकाे सल्यक्रिया, २ जनाकाे हातले निशुल्क सल्यक्रिया, ५ जनाकाे मासुकाे सल्यक्रिया र १ जना बच्चाको आँखाकाे नानीकाे सल्यक्रिया गरिएको गेटा आँखा अस्पतालबाट शिविरमा खटिनुभएका नेत्र राेग विशेषज्ञ डा. अनिल गुरुङले बताउनुभयो ।
गार्‍हो आर्थिक अवस्था भएका आँखाका राेगीलाई लक्षीत गरि शिविरको आयाेजना गरिएको डा. गुरुङको भनाई छ । वर्षको एकपटक हुने आँखा शिविरमा मेसिनद्वार अप्रेसन गर्न नसकिने भएकोले फलाेअपमा रहेका बिरामीलाई गेटा जान आउन खर्चिलो र झन्झटिलो हुने अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको जनाईएकाे छ ।
आँखा उपचार केन्द्रमा आउने र अप्रेसन गर्न चाहने बिरामीलाई सशुल्क अप्रेसनका लागि खबर गरिएको र साेही अनुसार शिविर सम्पन्न गरिएकाे आँखा उपचार केन्द्र मंगलसेनका ईञ्चार्ज राकेश कुमार लाेदले जानकारी दिनुभयाे ।

 

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.