सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

धनगढी : मनसुनी न्यून चापिए रेखा नेपाल नजिक आउँदै गरेको र पश्चिमी वायुको प्रभावले आगामी ५ दिनसम्म देशभरी मौसममा फेरबदल हुने सम्भावना रहेको छ । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

Everest Incitute

आज दिउँसो देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ। राती लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भारी वर्षाका कारण पहाडी तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.