अछाम : शुक्रबार रातीको अविरल बर्षाका कारण अछाममा जनधनको ठुलो क्षति भएको छ । जिल्लामा बाढी तथा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । भने आधा दर्जन बढी मानिस बेपत्ता रहेका प्रहरीले जनाएको छ ।
जिल्लाको तुर्माखाद गाउँपालिकामा चार जना, कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीखादमा सात जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा पाँच जना र ढकारी गाउँपालिकामा एक जना गरी १७ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
१७ जनाको शव भेटिँदा ६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । अहिले मानवीय क्षतिको विवरण संकलन गरीरहेको र शनाखतको काम जारी रहेको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताउनु भयो ।
बाढी तथा पहिरोमा घाइते ११ जना मध्ये ३ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरेर सुर्खेत लगिएको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताउनु भयो ।
उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा अछाम, स्थानिय स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मि र चिकित्सक सहित जिल्ला अस्पतालकाे टिम घट्ना स्थलमा उद्वार कार्यमा खटि सकेकाे स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताउनु भयो ।
पूरा जानकारी सहित :