प्रकाशकीयः “फरकपनको अभ्यास -मंगल खबर”

Kirci Gyan Kendra

२०७८ भदौ २६ ।

Samajik New Add 2082

एउटा वेग्लै पहिचान, समाचार, सूचना र सन्देशमा फरकपनको अभ्याँसका साथ हामी आएका छौं । सर्वप्रथम सम्पूर्ण पाठक वर्गमा हाम्रो उपस्थीतिलाई सहर्ष स्वीकार गरि हामीले पस्कीने तथ्यपरक, सन्तुलीत र सूचनामुलक सामग्री ग्रहण गरिदिनका लागि विनम्रतापूर्वक अनुरोध छ ।

सामाजिक संजालहरुमा व्यापक मानविय संलग्नता, आम मानिसहरुको रुची र सूचनासंगको निकटता र ईन्टरनेटको अधिक प्रयोगका कारण परिस्कृत वर्तमान समाजमा सूचना प्रवाहलाई अझ प्रभावकारी गुणस्तरीय र रुचिकर बनाउने प्रयास स्वरुप तपाईहरुको माझमा मंगलखबर डट कम (mangalkhabar.com) पस्कीएका छौं । यस मार्फत ताजा, सकारात्मक, सन्तुली र तथ्यपरक सूचना सम्प्रेषण गर्दै आम मानिसलाई सुसूचित पार्ने हाम्रो मुख्य उद्येश्य हो ।

सूचना प्रविधिको उच्चतम प्रयोगले अभ्यस्त भैरहेको आधुनीक विश्वमा नेपाली समाजको स्थानलाई केही जागृत पार्न खोज्ने हाम्रो प्रयास सञ्चारको महाँसागरमा एक थोपा पानी मिसायजस्तो मात्रै हो । तर ईन्टरनेटका माध्ययमबाट संजालीकरण भैरहेको हाम्रो समाजलाई सुसूचित पार्दै समतामुलक समाजका लागि योगदान पुगाउँने माध्ययमका रुपमा यस अनलाईन न्यूज पोर्टललाई अगाडी बढाएका हौं ।

Saud Agro Kailash

संचारको दुनीयाँमा अनलाईन पत्रकारीता नै अहिले सूचना प्रवाहको मुलधारको रुपमा विकास भईरहेको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै mangalkhabar.com ले पनि आफ्नो उपस्थिति जनाइ नागरिकलाई आफ्नो माध्ययमबाट सुसूचित पार्ने छ । वर्तमान परिवेशमा हर व्यक्तिले आफुसंग भएको एन्ड्रोयड मोवायल मार्फत नै सामाजिक गतिविध संगै विश्व जानकारी पाईरहेको अवस्था छ । यो बेलामा मंगल खबर ले पनि पाठक वर्गलाई विश्व घट्ना, सामाजिक, साँस्कृतिक, राजनीतिक र समसामयीक सन्दर्भ संगै खुराकिला विषयवस्तु पस्कीने छ ।

समाजका दैनिक घट्नाक्रमहरु (जो सूचनामुलक छन र समाचार बन्न सक्छन) लाई हाम्रो मुख्य विषयवस्तु र सम्प्रेषण सामग्री बनाउने छौं । ऐतिहाँसिक सामाजिक संस्कार र संस्कृति जगेर्ना संगै कुरिति कु-संस्कारको न्यूनिकरणमा हाम्रो प्रयास केन्द्रित रहने छ ।यस डिजिटल पत्रिका मार्फत कुनै व्यक्ति, समूह, संघ संस्था, स्थानीय देखी केन्द्र सरकारका र नीजिक्षेत्रले समाज विकासका लागि गरेका सकारात्मक पहलहरुलाई पनि उच्चतम स्थान दिइने छ ।

‘फरकपनको अभ्यास’ भन्ने मुल नाराका साथ संचालित यस अनलाईनले समाज विकासमा सकारात्मक सञ्चारका लागि आम पाठक वर्ग, सामाजिक संजाल प्रयोगकर्ता, सरकारी संयन्त्रहरु, सामाजिक तथा राजनीतिक निकाय लगायत समग्र पक्षको सकारात्मक सहयोगको अपेक्षा समेत गरेको छ ।

अन्त्यमा यस डिजिटल पत्रिकाका लागि लेख, रचना, समाचार सामग्री, सूचनामुलक र सन्देशमुलक सामग्री समेत उपलब्ध गराएर सहयोग गरिदिनका लागि अनुरोध गर्दछौं । धन्यवाद !

मंगल खबर डट कम परिवार

[email protected]

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.