अछाममा दशैं, तिहार सुरक्षा योजना तयार

अछाम,९ असोज

Samajik New Add 2082

जिल्ला प्रहरी कार्यालय अछामले दशैं, तिहार पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाउँदै जिल्लाभर लागु गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । दशैं र तिहारका बेला हुनसक्ने चोरी, डकैती, ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिंदै सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालले जानकारी दिनुभयो ।
अछाम जिल्लाका शहरी र ग्रामिण क्षेत्र दुई भागमा विभाजन गर्दै एकीकृत सुरक्षा योजना बनाइएको र २४ वटा स्थानमा विशेष टोली परिचालन गरिएको प्रमुख प्रहरी नायव उपरिक्षक अर्यालले जानकारी दिनुभयो । उहाँले जिल्लामा कार्यरत ३ सय सुरक्षाकर्मी मध्ये ८२ प्रहरीलाई दशैं, तिहारमा शान्ति सुरक्षाको लागि विशेष रुपमा परिचालन गरिने जानकारी दिनुभयो ।
जिल्लाका सिमाक्षेत्रका चार स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने, राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना गर्ने, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ गर्ने, स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने विषयलाई समेत सुरक्षा योजनामा समेटेको जानकारी दिनुभएको छ । यस्तै मोवाईल गस्ति, धार्मीक तथा पर्यटकिय क्षेत्रमा विशेष सुरक्षा योजना, बैंक तथा वित्तीय संस्था हुने स्थानलाई लक्षित गर्दै कडाइको नीति लिएको प्रहरीले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि पनि विशेष टोलीहरु परिचालन गरिने जिल्लाप्रहरी कार्यालय अछामका प्रमुख अर्यालको भनाई रहेको छ ।
दशै तिहारमा धर्ना, जुलुस भएमा त्यसको नियन्त्रणको लागि प्रहरी परिचालन हुनेछन् । चाडपर्वमा हुनसक्ने अवान्छित गतिविधि नियन्त्रणसँगै कोभिडको महामारीलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा पनि कडाइ गरिनेछ । विशेष टोली वाहेका चाडपर्वका बेला जिल्लाभर झण्डै २ सय २८ प्रहरी परिचालन गरिने बताउँदै प्रमुख नायव उपरीक्षक अर्यालले सोही हाराहारीमा सशस्त्र प्रहरी पनि परिचालन हुने बताउनुभयो । जिल्लाबासीलाई शान्तिपूर्ण तरिकाले चाडपर्व मनाउने वातावरण बनाउन आग्रह गर्नुभयो ।

-radiojanapriya

Leave A Reply

Your email address will not be published.