नेपाली काँग्रेसको अछामका सबै पालिकामा आज अधिवेशन हुर्दै, ३ पालिकामा सभापति निर्विरोध चयन

अछाम, ९ असोज
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत आज अछामका १० वटै स्थानीय तहमा पालिका अधिवेशन हुने भएको छ । नेपाली कांग्रेसले ९१ वटै वडाका अधिवेशन र क्षेत्रीय प्रतिनिधि छनोट गरिसकेका कारण १० वटै स्थानीय तहका पालिकामा अधिवेशन हुन लागेको नेपाली कांग्रेस अछामका सचिव भरत कुमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर वुढा गाउँ कार्यसमितिको सभापतिमा निर्विरोध चयन हुनुभएको छ । मंगलसैन नगरपालिकामा झपट रावल र कमलवजार नगरपालिकामा पदम भण्डारी निर्विरोध चयन भईसकेको पार्टी सचिव कुमालले जानकारी दिनुभयो । पन्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकामा निर्विरोध सभापति चयन लागि प्रयास भईरहेको छ । यता क्षेत्र नं.१ का कुनै पनि पालिकामा अहिलेसम्म सभापति निर्विरोध चयन भईसकेका छैन ।

Everest Incitute

यता साँफेबगर नगरपालिकाको नगर सभापतिको लागि त्रिपुरा सुन्दरी वहुमुखी क्याम्पसका स्ववियु सभापति भीमबहादुर कुँवर, लालबहादुर कुँवर, चेतमान विक्रम शाह, सेतमान कुँवर प्रतिस्पर्धामा रहेका छन् ।

यस्तै चौरपाटी गाउँपालिकामा वर्तमान सभापति गणेश शाह र धर्म साउद चुनावी प्रतिस्पर्धामा रहनुभएको छन् । मेल्लेख, रामारोशन, वान्नीगढी गाउँपालिकामा नेतृत्व सर्वसम्मत रुपमा चयनको लागि छलफल भईरहको नेपाली काँग्रेस अछामले जानकारी दिएको छ ।

 

-Radiojanapriya

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.