४५ दिनमै राजीनामा दिइन् बेलायतकी प्रधानमन्त्रीले

एजेन्सीः
बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएकी छन् । बिहीबार साँझ उनले राजीनामा दिएकी हुन्। उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण सरकारको तीव्र आलोचना भएको थियो ।

Samajik New Add 2082

आलोचना मत्थर गर्न केही दिनअघि उनले आफ्ना अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन्। पार्टीभित्र र बाहिरबाट आलोचनाको क्रम नरोकिएपछि बिहीबार उनले राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन् ।

बेलायतकी दोस्रो महिला प्रधानमन्त्री बनेकी ट्रस सबैभन्दा कम समय बेलायती प्रधानमन्त्री हुने व्यक्ति भएकी छन् ।

बेलायतको तल्लो सदनमा कन्जरभेटिभ पार्टीको बहुमत भएकाले अब उक्त पार्टीको नेता चुनिने व्यक्ति नै नयाँ प्रधानमन्त्री बन्ने छन्। बोरिस जोन्सनले राजीनामा दिएपछि ट्रस ऋषि सुनकलाई हराएर कन्जरभेटिभ पार्टीकी नेता बनेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.