झपट रावलको नेतृत्वमा काँग्रेस मंगलसेनको नगर कार्यसमिति सर्वसम्मत चयन

नेपाली काँग्रेस मंगलसेन नगरपालिकाको नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज सम्पन्न नगर अधिवेशनबाट झपट बहादुर रावलको सभापतित्वमा सर्वसम्मत रुपमा नगर कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपसभापतिमा हेमराज भण्डारि र पुरन बिस्ट, सचिवमा बेद बहादुर थापा र मिलन रावल, सहसचिवमा ललित कुमार कडायत र राम प्रशाद भाटलाइ चयन गरिएको छ । नव निर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृत नारायण ढुंगानाले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो ।

Everest Incitute

नगर कार्यसमिति जम्मा ७७ सदस्यीय चयन गरिएको नवनिर्वाचित सचिव बेद बहादुर थापाले मंगल खबरलाई जानकारी दिनुभयो ।

नगर अधिवेशनको उदघाटन सत्रमा नेपाली काँग्रेस पूर्व जिल्ला सभापति पुष्पबहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो भने अन्य नेता कार्यकर्ताको समेत सहभागिता रहेको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.