विद्यार्थि उत्साहीत भएर स्कुल आउछन, गुणस्तरमा ध्यान दिउँः सरोकारवाला
कमल रावल, असोज ९ अछाम ।
कोरोना माहामारीले शिक्षा क्षेत्रमा पारेको प्रभावबारे जिल्ला स्थित सरोकारवालाहरुसँग अन्तरक्र्रिया गरिएको छ । जनप्रतिनीधी, गैरसरकारी संघ संस्थाका प्रतिनीधी, शिक्षक र पत्रकारबिच कोरोनाले २ बर्षको अवधिमा पारेको प्रभाब बारे छलफल गरिएको हो ।

शिक्षाका लागी राष्ट्रिय अभियान जिल्ला समन्वय समिती अछामको आयोजनामा भएको छलफलमा बोल्ने अधिकांश बक्ताले कोरोनाले गर्दा शिक्षा क्षेत्रमा निकै असर पारेको बताएका थिए । सुरुमा कोरोना संक्रमण तथा जोखिममा विद्यालय क्वारेन्टाईदा हुदा अझै सरसफाई तथा मर्मत हुन नसकेका बताएका थिए । अनलाईन, रेडियो, टोल शिक्षा संञ्चालन भएपनी विद्यार्थिसम्म नपुग्दा प्रभावकारी हुन नसकेको बताएका थिए ।
लामो समयसम्म विद्यालय पुर्ण रुपमा बन्दा हुदा शैक्षिक गुणस्तर खस्कीदै जानुका साथै सानो उमेरमा बाल विवाह गर्ने, भारतमा जाने, केटाकेटीमा अनावश्यक मोबाईल चलाउने बानी बालबालिकामा परेको सहभागीले बताएका थिए । अहीले कोरोनाको जोखिम कम हुनै बित्तिकै जिल्लाभर संञ्चालन भएका विद्यालयमा विद्यार्थिको संख्या पहीलेको जस्तै उपस्थित हुने दर रहेको शिक्षकले बताएका थिए । विद्यालयमा विद्यार्थि उत्साहीत भएर आईरहेकाले अब गुणस्तरमा सबैले ध्यान दिनुपर्ने बताएका थिए ।
शिक्षाका लागी राष्ट्रिय अभियान जिल्ला समन्वय समिती अछामका संयोजक हेम विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले शिक्षाको गुणस्तर निकै धराशायी भएकाले अबको उत्पादनमा कस्तो होला भन्ने चिन्ता बढेको बताउनु भयो । छोरा छोरीले अध्ययन गरेन भन्ने भन्नु भन्दा पनी अभिभावक शिक्षा अझै आवश्यकता रहेको बताउनु भयो । कोरोनाको जोखिमका बेलामा नगरपालिकाले रेडियो कक्षा, वैकल्पिक टोल शिक्षा गर्दा समेत कुनै उपलब्धी हासिल नभएको बताउनु भयो । अब विद्यालयमा उपस्थित हुने विद्यार्थिलाई टिकाई राख्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती अछामका उपप्रमुख टोप बहादुर रावलले बिकासको पुर्वाधारसँग जोडिएको शिक्षा भएकाले सबैले उकास्न लाग्नु पर्ने बताउनु भयो । कोरोनाको बेला दुर दराजका गरिबका छोरा छोरी बढी शिक्षाबाट बञ्चित भएका बताउनु भयो । शिक्षा देशको समृद्धिसँग जोडिएकाले यसको गुणस्तरका लागी सबैले चिन्ता ब्यक्त गर्नुपर्ने बताउुन भयो ।
कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई अछामका प्रतिनीधी तेज बहादुर कुवर, शिक्षक संघका प्रतिनीधी पुर्ण बहादुर कुवर, गैसस महासंघ अछामका अध्यक्ष टंक प्रसाद ढुगाना लगाएत, संघ संस्थाका प्रतिनीधी, पत्रकारले कोरोना जोखिमको बेला शैक्षिक गुणस्तर कायम गर्नका लागि खेलेका भुमिका र पारेको प्रभावको बारेमा जानकारी गराउनु भएको थियो ।
वाक नेपालको तर्फबाट शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिती अछामका सदस्य महादेव ओझाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सदस्य कमल रावलले गर्नु भएको हो भने संञ्चालन सदस्य सचिव रतन बहादुर रावलले गर्नु भएको थियो ।
