एसियन लाईफ इन्स्योरेन्स द्धारा अभिकर्तालाई पुनर्ताजगी तथा सम्मान
एशियन लाईफ इन्स्याेेरेन्स कम्पनी लिमिटेड मंगलसेन उपशाखाले अभिकर्ता पुनःताजगी तालिम तथा सम्मान कार्यक्रम गरेको छ । जिल्लाका विभिन्न ठाउँमा सक्रिय अभिकर्ताहरुलाई पुनर्ताजगी गरि कम्पनीका बारेमा जानकारी र अभिकर्ता सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथिमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय मंगलसेनका सञ्चालिका ब्रह्माकुमारी कविता रहनुभएको थियो । प्रमुख अतिथि कविताले अभिकर्तालाई टीका र खादा लगाई सम्मान गर्नुभएको थियो । सम्मानित अभिकर्ताहरुमा टेकराज भण्डारी, मीन बहादुर भण्डारी, खगेन्द्र प्रसाद भाट, सिद्धराज भाट, बिक्रमसिंह बिष्ट, मंगला ढुंगाना र भावना केसी रहेका छन् ।

कार्यक्रममा अभिकर्ताहरुलाई कम्पनीका नयाँ याेजनाका बारेमा एशियन लाईफ इन्स्याेरेन्स कम्पनी उपशाखा मंगलसेनका प्रमुख गाेकर्ण भाटले जानकारी गराउनु भएकाे थियाे । उहाँले बीमा बचत तथा जाेखिम बहनका लागि अनिवार्य भएको भन्दै सबैलाई बिमामा जाेड्न आवश्यक रहेको बताउनुभयाे ।
कार्यक्रममा भिकर्ताका साथै संघसंस्थाका प्रतिनिधिकाे समेत सहभागिता थियाे । काेभिड-१९ का कारण सम्पूर्ण अभिकर्तालाई बाेलाउन नसकिएकाे र आगामी दिनमा जिल्लाका विभिन्न ठाउँमा यस्ता कार्यक्रम गरि बिमाबारे जानकारी गराउने उपशाखा प्रमुख भाटले मंगल खबरलाई जानकारी दिनुभयो ।
पुनःताजकी तथा सम्मान कार्यक्रममा उपशाखा कार्यालय मंगलसेनका गाेपाल केसी लगायत १८ जना अभिकर्ताको सहभागिता रहेकाे थियाे ।
