मलेसियामा २२ वर्ष प्रधानमन्त्री रहेका महाथीर मोहम्मदले हारे चुनाव

५० वर्षसम्म विजयी भएका महाथीरको यसपालि जमानत जफत

Kirci Gyan Kendra

मलेसियामा शनिबार भएको आमनिर्वाचनमा पूर्वप्रधानमन्त्री महाथीर मोहम्मद पराजित भएका छन् । एसिया-प्रशान्त क्षेत्रको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका ९७ वर्षीय महाथीरको पराजयले उनको राजनीतिक यात्रामा विश्राम लगाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

Samajik New Add 2082

विगत ५० वर्षमा महाथीरको यो पहिलो चुनावी हार हो। सन् १९८१ देखि २००३ सम्म २२ वर्ष मलेसियाका प्रधानमन्त्री रहेका महाथीर यसपालि पराजित मात्र भएनन्, उनले आफ्नो जमानतधरि जोगाउन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ। उनले कुल सदर मतको ८ प्रतिशत पनि ल्याउन सकेनन् ।

सन् २०१८ मा प्रधानमन्त्री भएपछि उनले ‘ससारकै बढी उमेरको प्रधानमन्त्री’ का रूपमा गिनिज वर्ल्ड रेकर्ड राखेका थिए। त्यति बेला उनी ९३ वर्षका थिए ।

Saud Agro Kailash

मलेसियमा यसपालि कुनै पनि पार्टीले बहुमत ल्याउन सकेन। दुई सय २२ सिटको संसदका लागि पकातान हरपन पार्टीले ८२ सिट जितेको छ भने पेरिकातान नेसनल पार्टी ७३ सिट जितेर दोस्रो स्थानमा छ। त्यस्तै बारिसान नेसनलले ३० र गाबुन्गान पार्टी सारावाकले २२ सिटमा विजय हासिल गरेको छ ।

महाथीरको होमल्यान्ड फाइटर्स पार्टीले भने यसपालि नराम्रो पराजय भोगेको छ। उनको पार्टीले एउटा पनि सिट जित्न नसकेको अलजजिराले जनाएको छ। यसपालि मलेसियामा महाथीर लगायत उनको पार्टीका उम्मेदवारहरूलाई हराउन ‘नो नट अगेन’ भन्ने अभियान चलेको थियो ।

चुनावी परिणाम घोषणापछि मलेसियामा प्रधानमन्त्रीका दुई प्रतिद्वन्द्वी उम्मेदवारहरू अनवर इब्राहिम र मुहिद्दिन यशिनले नयाँ सरकार आफूले बनाउने दाबी गरेका छन् ।

उमेरका कारण अलि शिथिल देखिए पनि शारीरिक रूपले स्वस्थ महाथीरले चुनावी प्रचारका क्रममा आफ्नो जित्ने ‘राम्रो सम्भावना’ रहेको बताएका थिए ।

‘म अहिले पनि तपाईंहरूका अगाडि उभिएको छु र तपाईंहरूसँग कुराकानी गर्दैछु,’ महाथीरले भनेका थिए, ‘यसले धेरै प्रश्नको जवाफ दिन्छ भन्ने मलाई लाग्छ ।’

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.