विश्व कपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिडने

Purnima Mobile
Samajik Bal biwaha

काठमाडौ : फिफा विश्व कपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिडने भएका छन । आज बिहान सकिएको दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ग‍ोल अन्तरले पराजित गरेपछि उपाधि भिडन्त अर्जेन्टिना संग पक्का भएको हो ।

Mangala Bharna
Saud Agro Kailash

कतारको अल बायत मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक/एक गोल गरे ।

Mellekh RM1

फ्रान्सका हर्नान्डेजले खेलको ५औँ मिनेटमा र मुआनीले ७९औँ मिनेटमा गोल गरे । अब फ्रान्सले उपाधिका लागि आइतवार हुने फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना क्रोएसियालाई ३–० गोलले हराउँदै फाइनलमा पुगिसकेको छ ।

फ्रान्सले यसअघि सन् २०१८ मा रुसमा भएको विश्व कपको उपाधि जितेको थियो । साथै फ्रान्स सन् १९९८ को विश्व कप विजेता टोली पनि हो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.