युक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी संसदमा सम्बोधन- रूसका अगाडि घुँडा टेक्दैनौं

Kirci Gyan Kendra

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । रूसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा गएका जेलेन्स्कीले अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आफूले आत्मसमर्पण नगर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

Samajik New Add 2082

जेलेन्स्कीले रूसको आक्रमणविरूद्ध युक्रेन अझै उभिएको भन्दै उनले अमेरिकी नेताहरू र अमेरिकी जनतालाई रूसको आक्रमण बिरूद्ध लड्न सहयोग गरेकोमा धन्यवादसमेत दिए । उनले युद्धको अन्त्य गर्ने प्रयासमा कुनै सम्झौता नहुने वाचासमेत गरे । आफूले शान्तिका लागि अघि सारेको दश बूँदे प्रस्तावलाई राष्ट्रपति जो बाइडेनले स्वीकारेको भन्दै जेलेन्स्कीले प्रत्येक अमेरिकी सांसदले पनि त्यसलाई अनुमोदन गर्नुपर्ने बताए ।

आफ्नो देशको रक्षाको लागि अमेरिकी समर्थनलाई निरन्तरता दिन आफूले अमेरिका भ्रमण गरेको बताए। उनले आफ्नो भावपूर्ण सम्बोधनमा युक्रेनले रूसलाई हराउन गरेको प्रयासको लागि अमेरिकी सेना र आर्थिक सहयोग आगामी दिनमा अझ बढी आवश्यक हुने भन्दै त्यसका लागि सहयोग गर्न अपील गरे । ‘तपाईँहरूले हामीलाई दिएको पैसा दान होइन,’ उनले भने ‘यो विश्वव्यापी सुरक्षा र प्रजातन्त्रमा लगानी हो, जुन हामीले सबैभन्दा जिम्मेवार तरिकामा ह्यान्डल गरेका छौं ।’

Saud Agro Kailash

रूसलाई आतंककारीको संज्ञा दिँदै जेलेन्स्कीले आतंककारीलाई सबक सिकाउन अमेरिकी कंग्रेस एक ढिक्का हुनेमा आफू ढुक्क रहेको बताए । अर्को वर्ष द्वन्द्वमा टर्निंग प्वाइन्ट हुने भन्दै उनले युक्रेनी साहस र अमेरिकी संकल्पले हाम्रो साझा स्वतन्त्रताको भविष्यको ग्यारेन्टी गर्ने बताए । त्यसअघि ह्वाइटहाउमा राष्ट्रपति बाइडेनसँग भएको वार्तामा जेलेन्स्कीले शान्तिका लागि देशको सिमाना गुमाउन नसक्ने स्पष्ट पारेका थिए ।

देशको सिमाना गुमाएर शान्तिका लागि सम्झौता गर्न नसक्ने उनको भनाइ थियो। वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई आवश्यक थप सहयोग घोषणा गर्दै उच्च प्रविधियुक्त प्याट्रिएट रक्षा प्रणाली पनि उपलब्ध गराउने घोषणा गरे ।

राष्ट्रपति जो बाइडेनले रसियाले युक्रेनको अस्तित्वको अधिकारमा क्रूर हमला गरेको भन्दै अमेरिका र युक्रेनले आफ्नो संयुक्त प्रतिरक्षा कायम राखेर आफ्नो गुमेको भूमी फिर्ता ल्याउन मद्दत गर्ने वाचा गरे ।

रूसविरूद्ध लड्नका निम्ति युक्रेनलाई अमेरिकाले सबैभन्दा बढी सहयोग गर्दै आएको छ । अमेरिकाले युक्रेनलाई गत १६ डिसेम्बरसम्म १८ अर्ब ५० करोड डलर सहयोग गरेको छ । रक्षा क्षेत्रमा प्रतिमहिना ५ अर्ब डलर खर्च भइरहेकाले अझै सहयोग गर्न जेलेनेस्कीले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्दै आएका छन् ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.