आठ दिन देखी बेपत्ता एमाले नेता रावत मृत भेटिए

धनराज साउँद

असोज ४ गते देखी बेपत्ता रहेका नेकपा एमालेका नेता धन बहादुर रावत मृत भेटिएका छन् ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको रवा लेकमा उनको शव भेटिएको हो ।

नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य समेत रहेका रावत असोज ४ गते रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा अनन्ते मेला हेर्न गएका थिए ।

Everest Incitute

सोही दिन देखी बेपत्ता रहेका रावतको सब सोमवार बिहान दर्नाको कालारवा लेकको जङ्गलमा भेटिएको हो ।

रावतको खोजीका लागी स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए ।

मोबाइल लोकेसनका आधारमा खोजी गर्दै उनको सब भेटिएको बताइएको छ ।

रावत स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको वडा अध्यक्षको उम्मेद्वार बन्नु भएको थियो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.