राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल डोटीको अध्यक्षमा साउँद

Everest Incitute

डोटी : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल डोटी जिल्ला अध्यक्षमा खगेश्वरी साउँद चयन हुनुभएको छ । बुधवार सम्पन्न जिल्ला अधिवेशनबाट साउँदको अध्यक्षतामा प्रतिष्ठानको डोटी जिल्ला समिति चयन गरिएको छ ।
समितिको प्रथम उपाध्यक्ष हिमालय टेलर, द्वितीय उपाध्यक्षमा निर्मला खत्री, सचिवमा छत्रकमल पाठक, कोषाध्यक्ष प्रीन्स नेपाली, सह–सचिव केशव राज फुलारा, सह–कोषाध्यक्ष दल बहादुर भण्डारी चयन हुनुभएको छ ।
त्यस्तै जिल्ला अधिवेशनले प्रदेश प्रतिनिधिहरू पनि चयन गरेको छ । प्रदेश प्रतिनिधिहरूमा पूर्व अध्यक्ष प्रेम बहादुर नेपाली, खगेश्वरी साउद, निर्मला खत्री र शेर बहादुर साउद रहेका छन् ।

-muluknews

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.