माओवादी केन्द्रको बान्निगढी -३ मा वडा भेला तथा प्रशिक्षण

नेकपा माओबादी केन्द्र बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३, बर्दादेवीको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी वडा कमिटीको आयोजनामा भेला सम्पन्न भएको हो ।

Samajik New Add 2082

भेलामा नेकपा माओवादी केन्द्र जिल्ला संयोजक झपट साउद प्रमुख अतिथि रहनुभएको थियो । कार्यकर्तालाई प्रशिक्षण गर्दै संयोजक साउदले देश माओवादीकै एजेण्डामा अघि बढिरहेकोले कत्तिपनि विचलित नभई पार्टी निर्माणमा जुट्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्रको पहलमा देशमा सङ्घीयता,धर्म निरपेक्षता लगायतका उपलब्धि हाँसील भएका र यीँ उपलब्धिलाई संस्थागत गर्दै लैजानु आजको आवश्यकता भएको उहाँले बताउनुभयो ।
उक्त वडा भेलामा बान्निगडी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउद, जिल्ला कमिटी सदस्य निर्मला साउद, केशर बोहरा, ज्वति साउद, अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य रुपक परियार, हिमाल साउद लगायको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा अन्य पार्टीबाट नेकपा माओवादी केन्द्रमा प्रवेश भएका व्यक्तिहरुलाई पार्टीका जिल्ला संयोजक साउदले पार्टीमा स्वागत गरेका थिए ।

अन्य पार्टीबाट प्रवेश हुने व्यक्तिलाई अविर लगायर स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि

Leave A Reply

Your email address will not be published.