माओवादीबाट निर्वाचित कञ्चनपुरका वडा अध्यक्षले दिए राजीनामा, पार्टी पनि त्यागे

Purnima Mobile
Kirci Gyan Kendra

कञ्चनपुरः

Samajik New Add 2082

शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष बहादुरसिंह महराले पदबाट राजीनामा दिएका छन् । शुक्लाफाँटा नगरपालिकाको १२ औँ नगर अधिवेशनमा नगर प्रमुख रणबहादुर महरालाई उनले राजीनामा पत्र बुझाएका हुन् ।

Mellekh RM1
Saud Agro Kailash

३० बैशाखमा सम्पन्न स्थानीय तह चुनावमा उनी नेकपा माओवादी केन्द्रका तर्फबाट दोस्रो पटक वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । नगरप्रमुख महरालाई बुझाएको पत्रमा उनले निरन्तर रुपमा जनचाहना र जनभावना विपरीतका कार्यहरु भइरहेको र किनाराको साक्षी बस्दा जनमतको अपमान हुने भएकोले राजीनामा दिएको उल्लेख गरेका छन् ।

महराले माओवादी केन्द्रसमेत परित्याग गरेका छन्। नगर कमिटी अध्यक्षलाई उनले पार्टी परित्यागको पत्र पठाएका हुन्। उनी माओवादी छाडेर आजै नेकपा बहुमतमा प्रवेश गरेको उक्त पार्टीले जनाएको छ । महरालाई आजै नेकपा बहुमतका केन्द्रीय सचिवालय सदस्य तथा पार्टी व्युरो इन्चार्ज महानले स्वागत गरेको उक्त पार्टीका कार्यालय सचिव दीपेन्द्र ऐरीले जानकारी दिएका छन् ।

-simarekha

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.