विश्व पर्यटन दिवस २०२१ को अवसरमा रामारोशन अन्तरक्रिया कार्यक्रम

Kirci Gyan Kendra

कमल रावल, असोज ११ अछाम ।
विश्व पर्यटन दिवस २०२१ को अवसरमा रामारोशन क्षेत्र पर्यटन विकास तथा ब्याबस्थापन समितीले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । दिववसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

Samajik New Add 2082

“समावेशी विकासका लागि पर्यटन” भन्ने नाराका साथ भएको कार्यक्रमका सहभागिले रामारोशनको विकास र विस्तारका लागि सबै एकजुट भएर अघि बढनु पर्ने जोड दिएका थिए । रामारोशन क्षेत्रको प्रचारप्रसारका लागि सबैको भुमिका उत्तिकै भएकाले अब पर्यटन प्रबर्द्धनमा जोड दिनुपर्ने बताएका थिए ।

Saud Agro Kailash

रामारोशन क्षेत्र पर्यटन विकास तथा ब्याबस्थापन समितीका अध्यक्ष चक्र बहादुर रावलले यस अघि कोरोनाभाईरसको सँक्रमण तथा जोखिमका कारण कुनै कार्यक्रम हुन नसकेकाले अब निरन्तरता दिईने बताउनु भयो । प्रचारप्रसारमा सबैको साथ सहयोगको आवश्यकता रहेकाले त्यस तर्फ सबैको ध्यान जानुपर्ने बताउनु भयो ।

अध्यक्ष रावलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय महाधिवेशन आयोजक किमिटी सदस्य खडक सिह रोकाया प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेकपा एमाले रामारोशन गाउपालिका वडा नम्बर ५ का अध्यक्ष उदै बहादुर रोकाया, काग्रेसका वडा सभापति केशर बहादुर शाह, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष उदय बहादुर रोकाया, यशोदा उमाविका शिक्षक गोविन्द बहादुर साउद, निलकण्ठ माविका शिक्षक नर बहादुर रोकाया, पुर्व गाविस अध्यक्ष लाल बहादुर बुढा, प्रहरी चौकि ईन्चार्ज चन्द्र बहादुर साउद लगाएतका अतिथी रहनु भएको थियो ।

कार्यक्रमको संचालन रामारोशन क्षेत्र पर्यटन विकास तथा ब्याबस्थापन समितीका कार्यकारी निर्देशक गंगा कुवर बुढाले गर्नुभएको थियो ।

सुन्दर रामारोशन ताल अछाम
Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.