डोटीमा ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालन

Purnima Mobile
Samajik Bal biwaha

डोटी: डोटीमा एकल महिलाका लागि ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालन भएको छ । जिल्लाको शिखर नगरपालिकाले नगरपालिकाभित्र रहेका एकल महिलालाई महिना दिन खान पुग्ने गरी सो कार्यक्रम मार्फत खाद्यान्न वितरण गरिएको छ। सोमबार नगरभित्रका ९० एकल महिलालाई चामल, दाल, चिनीलगायतका खाद्यान्न उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

Mangala Bharna

कमजोर आर्थिक अवस्था र समाजमा बेसहारा भएका महिलालाई आत्मबल बढाउन तथा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरेको नगरउपप्रमुख सुनिता रावलले बताइन्। नगरपालिकाभित्रका हरेक समस्यालाई नगरपालिकाले प्रथमिकताका आधारमा कार्यान्वयन गर्ने उनले जानकारी दिइन् ।

Mellekh RM1

राहत सामग्री सानो भए पनि एकल महिलालाई सम्झेकामा शिखर नगरपालिका धन्यवादको पात्र रहेको सरस्वती बलायरले बताइन् । आयस्रोत नभएकाले अरुको जमिन खनजोत, गोडमेल गरेर पेट पाल्दै आएको दुःखेसो गर्दै उनले खाद्यान्न सहयोगले राहत पुगेको प्रतिक्रिया दिइन् ।

Saud Agro Kailash

आयस्रोत नभएकाले एकल महिलाका लागि उपमेयर मेरो साथी कार्यक्रम धेरै प्रभावकारी भएको सहभागीले बताएका छन् । नगरभित्रका टुहुरा बालबालिका, एकल महिला, ज्येष्ठ नागरिक, अतिविपन्न परिवारलाई नगरपालिकाले विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको नगरप्रमुख दीर्घबहादुर बलायरले बताए ।

नगरभित्र विकास निमार्णका लागि गुरुयोजना बनाई शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, बिजुली, सडकलगायतका योजनामा बढीभन्दा बढी कार्यान्वयन ल्याउनका लागि आवश्यक बजेट विनोयोजित गरी जनताका हरेक दुःखसुखमा नगरपालिका लागिपरेको उनको भनाइ थियो ।

जनताका समस्या समाधान गर्नका लागि नगर सरकार लागिपरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत परमानन्द शर्माले बताए। नगरका नागरिकको समस्या समाधानसँगै आवश्यकताका आधारमा योजना बनाई नगरपालिका लागिपरेको शर्माले बताए। टुहुरा बालबालिका, अपाङ्गता, एकल महिला, अनाथ, विपन्नका लागि नगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गरी सम्मान गरिरहेको जनाइएको छ ।

-dineshkhabar

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.