एनभिए भलिबलमा पुलिस र गलकोट शीर्षमा

Kirci Gyan Kendra

काठमाडौं : नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेका छन्।

Samajik New Add 2082

पुलिसले दोस्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो। पुलिसले मणिमुकुन्दलाई २१–१४, २१–१५ र २१–१७ ले पराजित गरेको हो। प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दावाँली मिलन क्लबलाई पराजित गरेको थियो। पुलिस समूह बी मा ६ अंकका साथ पहिलो स्थानमा रहेको हो।

Saud Agro Kailash

यसैगरी गलकोट स्पोर्टस् क्लबले पनि आफ्नो खातामा ६ अंक जोडेको छ। समूह ए मा रहेको गलकोटले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेशमाथि जित निकाल्दै ३ अंक जोडेको थियो। यस्तै दोस्रो दिन पनि गलकोटले प्रदेश नं २ माथि जित निकाल्दै थप तिन अंक जोडेको हो। गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१ र २५–१८ ले पराजित गरेको हो।

सोमबार दशरथ रङ्गशालाको कभर्डहलमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपालले विजयी सुरुवात गर्दै बागमती प्रदेशमाथि २५–१६, २५–१३ र २५–१२ को जित निकाल्दै ३ अंक जोडेको छ। समूह ए मा रहेको हेल्प नेपालले अघिल्लो संस्करण जस्तै यस संस्करणमा पनि भारतीय खेलाडीहरूलाई प्राथमिकतामा राखेको छ। यस्तै जित निकाल्ने क्रममा भारतीय खेलाडीहरू सम्मिलित गण्डकी प्रदेशले दावाँली मिलन क्लबमाथि ३– १ को जित निकाल्यो। दावाँली क्लबले प्रस्तुत गरेको निकै प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक खेलमा गण्डकीले २५–१२, २५–२२, २०–२५ र २७–२५ को जित निकालेको हो। सोमबारकै अन्तिम खेलमा नयाँबजार युवा क्लबले कर्णाली प्रदेशलाई पनि ३–० को सोझो सेटमा हरायो। नयाँबजारले २५–१८, २५–१९ र २५–२१ को सेटमा हराएको हो।

प्रतियोगितामा मंगलबार पुरुषतर्फ टिपटप हेल्प नेपाल र प्रदेश २, मणिमुकुन्द र गण्डकी प्रदेश, आर्मी र नयाँबजार युवा क्लब तथा एपिएफ र बूढानीलकण्ठ भलिबल क्लबबीच खेल हुनेछ भने महिलातर्फ एपिएफ र ढोरपाटन स्पोर्टस् क्लब तथा न्यु डायमन्ड र एभरेष्ट भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ।

-thahakhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.